नेपाली राजनिती,

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशमा नियन्त्रित अस्थि रता निम्त्याउने समूह सक्रिय भइरहेको बताएका छन् ।

केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोप नीयता कार्य क्रमलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता ल्याउन प्रचण्ड र माधव कुमार नेपाल सक्रिय भएको आरोप लगाएका हुन् । ‘देशमा अस्थिरता ल्याउन प्रचण्ड कम्पनी र माकुने कम्पनी सक्रिय छ,’ ओलीले भने ।

कांग्रेस र माओवादीको आन्दो लनमाथि टिप्पणी गर्दै ओलीले ती आन्दो लनपछि देशको स्वाभिमान र सार्वभौमसत्तामा आँच आउने काम भएको आरोप लगाए ।

कांग्रेस खराब तत्वसँग साँठगाँठ गर्ने र वामपन्थी शक्तिवि रुद्ध लाग्ने गरेको आरोप लगाएका ओलीले प्रतिगामीको मतियार हुन कांग्रेसले छोड्नुपर्ने बताए । NewsKarkhana यता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सेयरबजार सम्बन्धी दिएको अभिव्यक्ति माथि टिप्पणी गरेका छन् ।

केही दिन अघि प्रचण्डले सेयर बजार साम्रा’ज्यवादको विकसित भनेर भाषण दिएका थिए ।बुधबार ओलीले नेकपा एमाले केन्द्रीय सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा प्रचण्डले सेयर कारोबारीले चन्दा नदिएर सेयरबजार माथि खनिएको बताए ।

ओलीले भने ‘लेनिनले पुँजीवाद विकास भएर सा’म्राज्यवाद हुन्छ भनेका थिए। प्रचण्डले त्यो भन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए,’त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवनमा के असर पर्छ कुनै मतलव प्रचण्डलाई नभएको आलीको भनाई छ ।

‘कुन सेयर कारोबारीले चन्दा दिएन होला,अव म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो बाेलि दिए’ आलीले भने ।आफूहरूले त्यस्तो अभिव्यक्ति दिएको भए सडकमा ठूलो आन्दोलन भइसक्थ्याे ओलीले भने । यो खबर मेरो लगानीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय