सोमबार , बैसाख १७, २०८१

नेपाली राजनिति,

काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा दोस्रो चरणको निर्वाचन हुने भएको छ।

कूल खसेको ४ हजार ६७९ मतमा शेरबहादुर देउवाले बहु मत ल्याउन सकेनन् ।

पार्टीको विधान अनुसार कांग्रेसको सभा पतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरण को चुनाव हुने प्रावधान छ।

अब देउवा र डा. शेखर कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ। राष्ट्रिय सभा गृहमा मतगणना भएको थियो।

नेपाली कांग्रेसका कूल ४ हजार ७४३ मतदाता रहेका थिए। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पाँच जनाले उम्मेदवारी दिएका छन्। त्यसमध्ये देउवा र र कोइरालाले प्यानल बनाएरै चुनावमा उत्रिएका छन्। annapurna post बाट यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय