सोमबार , बैसाख १७, २०८१

नेपाली राजनिती,

काठमाडौंमा आजदेखि सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सबैभन्दा बढी क्रेज एमाले अध्यक्ष केपी शर्मा ओलीकै देखिएको छ ।

कांग्रेसको महाधिवेशनको उदघाटन समारोहमा ओली पुग्दा उपस्थित अधिकांशले एमाले अध्यक्ष ओलीको पक्षमा गरेको हुटिङले उहाँको सवैभन्दा बढी क्रेज रहेको तथ्य उजागर गरेको हो ।

समारोहमा सहभागी अन्य नेताहरुभन्दा केही समय ढिलो कार्यक्रम स्थलमा पुग्नुभएको अध्यक्ष ओलीको उपस्थितिमा सबैभन्दा धेरै हुटिङ भएको हो । उहाँ आउँदा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बोलिरहनुभएको थियो ।

ओली प्रवेश गर्नेवित्तिकै हुटिङ भएको थियो भने कार्यक्रम सञ्चालक विश्वप्रकाश शर्माले ‘कमरेड अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्दछु’ भन्दा ठूलो संख्याले तालीले स्वागत गरिएको थियो ।

अध्यक्ष ओलीलाई जस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पक्षमा पनि हुटिङ भएको थियो । प्रचण्ड र माधव नेपालसहितका अन्य दलका नेताहरुलाई भने कार्यकर्ताहरुले त्यसरी स्वागत गरेनन् । यो खबर साभार गरियको हो । नेकपा (एमाले) का नेता डा. भीम रावलले आगामी निर्वाचनमा देशैभर एमालेले जित्ने बताएका छन्।

आइतवार गृहजिल्ला अछामको मेल्लेख गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘आगामी निर्वाचनमा पनि नेकपा एमालेको जित सुनिश्चित छ,’ उनले भने, ‘अब हामीले पार्टीसंगै देश निर्माणमा समेत निरन्तरता दिनुपर्छ।’यस्तै अर्को सन्दर्भमा बोल्दै नेता रावलले आफू राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको पक्षमा आवाज उठाउदै आएको र त्यो आवाज निरन्तर रहने बताए।

महाधिवेशनबाट हारे पनि त्यो आवाजबाट आफू विचलित नभएको उनले दावी गरे। यस्तै उनले आफूले पार्टी मिलाउनका लागि १० बुदे सहमतिको खाँका तयार गरेर त्यसको कार्यान्वयनका लागि अन्तिम अवस्थासम्म लडेको बताए।

तर, शिर्ष नेताहरुकै कारण पार्टीमा फुटको अवस्था आएको उनले बताए। रावलले आगामी दिनहरुमा पनि पार्टीमा सकारात्मक तवरले र जनता साथमा रहेर काम गर्ने प्रतिवद्धता जाहेर गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय