सोमबार , बैसाख १७, २०८१

नेपाली राजनिती,

सेयर बजार साताको दोस्रो दिन आज पनि उच्च विन्दुले खस्किएको छ ।

सत्तारुढ घटकमध्येको एक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहालले पुँजीबजारलाई प्रतिकूल प्रभाव पर्नेगरी अभिव्यक्ति दिएपछि बजारमा त्यसको असर परेको लगानीकर्ताहरुले बताएका छन् ।

दाहालले हिजो पार्टीको एउटा कार्यक्रममा पुँजीबजार साम्राज्यवादको आधुनिक रुप दिएको र यसलाई निमिट्यान्न पार्नु आफूहरुको लक्ष्य रहेको बताएपछि सेयर लगानीकर्ताले बजार अझै घट्ने अनुमान गर्दै आपूर्ति बढाएका छन् ।

जसका कारण बजार आज पनि झन्डै ८० विन्दुले घट्न पुग्यो । हिजाे सेयर बजारले ८०.७ विन्दु गुमाएकाे थियाे । तरलता अभावले प्रभावित बजारका लागि दाहालको अभिव्यक्ति आगोमा घिउजस्तै बनेको छ ।

आज बजार खुलेदेखि नै तीव्र गतिले ओरालो लागेको नेप्से १०० विन्दु हाराहारीले खस्किएको थियो । बजार बन्द हुँदा भने केही उकालो लागेर ७९.२३ विन्दुले ऋणात्मक छ ।

नेप्से ३.३६ प्रतिशतले घटेर २२८२.०१ विन्दुमा छ भने क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.७७ प्रतिशतले घटेर ४३७.५९ विन्दुमा छ ।

आज कारोबार भएका १३ वटै समूहको सूचकमा रातो पोतिएको छ । सबैभन्दा बढी घट्नेमा वित्त समूह देखिएको छ । यो समूहको सूचक ६.५१ प्रतिशतले घटेको छ । यस्तै विकास बैंक र निर्जीवन बिमा समूह पनि पाँच प्रतिशतभन्दा बढीले घटेका छन् ।

घट्दो बजारमा कारोबार रकम भने बढेको छ । आज तीन अर्ब ९९ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यो हिजोको भन्दा ७० करोड हाराहारीले बढी हो । हिजो तीन अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँको सेयर किनबेच भएको थियो । गत बिहीबार दुई अर्ब ६७ करोड ३३ लाख आठ हजार ७९२ रुपैयाँको सेयर कारोबार भएको थियो । बजार घट्दा कारोबार रकम बढ्नुले बजार अझै घट्ने संकेत गर्छ ।

आज कारोबार भएका २३३ स्क्रिप्टमध्ये २१४ वटाको सेयर मूल्य घटेको छ भने १३ वटाको बढ्दा ६ वटाको क्लोजिङ मूल्य स्थिर रह्यो । स्वाभिमान माइक्रोफाइनान्सको सेयरमा नकारात्मक सर्किट लागेको छ । मूल्य बढ्नेमध्ये अघि रहेको गोर्खा फाइनान्सको सेयर मूल्य ९.४७ प्रतिशतले बढेको छ । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय