शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला सचिव बलराम बल सहित माओवादी मकवानपुरका एक दर्जन नेताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

आज काठमाडौमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा ग्रहण गर्दै बल सहितका माओवादी केन्द्र मकवानपुरका

प्रतिनिधि सभा २ को प्रदेश सभा (ख) संयोजक नरेन्द्र रिजाल सहित १२ जना जिल्ला नेताहरु नेकपा एमाले प्रवेश गर्नुभएको हो।एमाले प्रवेश गर्नु हुनेहरुमा राधाकृष्ण रिजाल बसुन्धारा, सुरेन्द्र रिजाल, राज वाइवा, नविन रिजाल, केसर भुजेल, रञ्जन सापकोटा, राधा भुजेल र समिर विष्ट लगायत हुनुहुन्छ।

देश र जनताका लागि काम गर्ने एकमात्र पार्टी नेकपा एमाले रहेको र केपि ओलि जस्तो नेता अर्को सय वर्ष नपाइने भन्दै ओली नेतृत्वको पार्टीमा समाहित हुन पाउँदा एकदमै खुशी लागेको बताउनु भएको छ ।

नवप्रवेशी नेताहरुले माओवादी केन्द्र मकवानपुरको धेरै नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेशका लागि तयार रहेको समेत जानकारी गराउनु भएको थियो। यो खबर पाथिभरा न्युजमा छ यता नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले पार्टी फुट्नुमा अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल दुवै जिम्मेवार रहेको बताएका छन् ।

लामो बहस र छलफलपछि दुबै नेताको सहमतिका आधारमा १० बुद्धे सहमति भए पनि कार्यान्वयनमा दुवै नेताले अनिच्छुक देखिँदा पार्टी फुटेको उनले बताए ।

नेकपा एमालेले मेल्लेखको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले १० बुदे सहमतिको लागि दिनहुँ बालकोट र कोटेश्वर गएर निकै मेहनतका साथ सहमतिको खाँका तयारी गरे पनि कार्यान्वयन नहुँदा पार्टी फुटेको रावलको आरोप छ ।

नेता रावलले १०औं महाधिवेशनको पूर्व सन्ध्यामा आफूले ओली र अन्य नेतालाई मिलेर जानको लागि आग्रह गर्दा सुनुवाइ नभएको बताए ।पार्टी फुटको अवस्थामा पुग्न लाग्दा आफूले सहमतिमा अघि बढौं भनेर दुई घण्टाभन्दा बढी अध्यक्ष ओलीसँग छलफल गरेको उनको भनाई छ ।

आफूले भनेको कुरा पार्टी अध्यक्षले सुनुवाइ नगर्दा पार्टीको नीति, सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै अध्यक्षको उम्मेदवार बनेको रावलले बताए । उनले आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेको र हार बेहोर्दा मन खुम्च्याउनु पर्ने कारण नरहेको बताएका छन् ।चुनावमा अध्यक्ष ओलीले जिते पनि नैतिक रूपमा भने आफूले जितेको नेता रावलको भनाई छ । साभार खबर । प्रतिकात्मक तस्विर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय