सोमबार , बैसाख १७, २०८१

नेपाली राजनिती,

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले पार्टी फुट्नुमा अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल दुवै जिम्मेवार रहेको बताएका छन् ।

लामो बहस र छलफलपछि दुबै नेताको सहमतिका आधारमा १० बुद्धे सहमति भए पनि कार्यान्वयनमा दुवै नेताले अनिच्छुक देखिँदा पार्टी फुटेको उनले बताए ।

नेकपा एमालेले मेल्लेखको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले १० बुदे सहमतिको लागि दिनहुँ बालकोट र कोटेश्वर गएर निकै मेहनतका साथ सहमतिको खाँका तयारी गरे पनि कार्यान्वयन नहुँदा पार्टी फुटेको रावलको आरोप छ ।

नेता रावलले १०औं महाधिवेशनको पूर्व सन्ध्यामा आफूले ओली र अन्य नेतालाई मिलेर जानको लागि आग्रह गर्दा सुनुवाइ नभएको बताए ।पार्टी फुटको अवस्थामा पुग्न लाग्दा आफूले सहमतिमा अघि बढौं भनेर दुई घण्टाभन्दा बढी अध्यक्ष ओलीसँग छलफल गरेको उनको भनाई छ ।

आफूले भनेको कुरा पार्टी अध्यक्षले सुनुवाइ नगर्दा पार्टीको नीति, सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै अध्यक्षको उम्मेदवार बनेको रावलले बताए । उनले आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेको र हार बेहोर्दा मन खुम्च्याउनु पर्ने कारण नरहेको बताएका छन् ।

चुनावमा अध्यक्ष ओलीले जिते पनि नैतिक रूपमा भने आफूले जितेको नेता रावलको भनाई छ । यता नेकपा (एमाले) को प्रचार विभाग प्रमुखमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ चयन भएका छन् ।

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले गुरुङलाई प्रचार विभागको जिम्मा दिएको हो ।नवौँ महाधिवेशनमा प्रचार विभाग प्रमुखमा सचिव योगेश भट्टराई थिए । एमालेका एक केन्द्रीय सदस्यका अनुसार संगठन विभाग प्रमुखमा खगराज अधिकारी चयन भएका छन् ।

एमालेको निकै शक्तिशाली विभागभित्र पर्ने संगठन विभागमा अधिकारी चयन भएका हुन् ।त्यसैगरी, एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले सुदूरपश्चिम प्रदेशको इञ्चार्जको जिम्मा लेखराज भट्टलाई दिएको छ । एमालेमा पहिला भीम रावल इञ्चार्ज थिए ।

एमालेको विवादको समयमा भने रावललाई हटाएर भट्टलाई बनाइएको थियो । रावल अध्यक्षमा केपी ओलीसँग पराजित भएपछि मौन बसेका छन् । र, केन्द्रीय कमिटीमा समेत नबसेका रावल एमालेको सक्रिय राजनीतिमा देखिएका छैनन् ।

पहिला प्रचार विभाग प्रमुख जिम्मा पाएका योगेश भट्टराईलाई अहिले स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुख बनाइएको पनि एक केन्द्रीय सदस्यले जानकारी दिए । यो खबर डेली न्युज नेपालमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय