आइतबार , बैसाख १६, २०८१

नेपाली राजनिति,

काठमाडौं । नेकपा (एमाले) को प्रचार विभाग प्रमुखमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ चयन भएका छन् ।

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले गुरुङलाई प्रचार विभागको जिम्मा दिएको हो ।

नवौँ महाधिवेशनमा प्रचार विभाग प्रमुखमा सचिव योगेश भट्टराई थिए । एमालेका एक केन्द्रीय सदस्यका अनुसार संगठन विभाग प्रमुखमा खगराज अधिकारी चयन भएका छन् ।

एमालेको निकै शक्तिशाली विभागभित्र पर्ने संगठन विभागमा अधिकारी चयन भएका हुन् ।त्यसैगरी, एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले सुदूरपश्चिम प्रदेशको इञ्चार्जको जिम्मा लेखराज भट्टलाई दिएको छ । एमालेमा पहिला भीम रावल इञ्चार्ज थिए ।

एमालेको विवादको समयमा भने रावललाई हटाएर भट्टलाई बनाइएको थियो । रावल अध्यक्षमा केपी ओलीसँग पराजित भएपछि मौन बसेका छन् । र, केन्द्रीय कमिटीमा समेत नबसेका रावल एमालेको सक्रिय राजनीतिमा देखिएका छैनन् ।

पहिला प्रचार विभाग प्रमुख जिम्मा पाएका योगेश भट्टराईलाई अहिले स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुख बनाइएको पनि एक केन्द्रीय सदस्यले जानकारी दिए । यो खबर डेली न्युज नेपालमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय