सोमबार , बैसाख १७, २०८१

नेपाली राजनिती,

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमै चुनाव जित्ने बताउनु भएकाे छ ।

महाधिवेशनमा संस्थापन इत्तर समूहको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिएका कोइरालाले आफ्नो समूहमा सक्ष’म र योग्य उ’म्मेदवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशतभन्दा बढी मत ल्याएर चुनाव जित्ने बताउनु भएकाे हाे ।

उहाँले वीपीले परिकल्पना गरे जस्तो र शुवर्ण शम्शेर, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई , सुशील कोइरालाले सपना देखे अनुसारको पार्टी निर्माण गर्न आफ्नो टिम सक्षम रहेको दाबी गर्नुभयाे।

कांग्रेसमा रुपा’न्तरण ल्याउन आफ्नो टिम सक्षम रहेकाे बताउँदै उहाँले आफूहरुको जित सुनि’श्चित रहेको दाबी गर्नुभयाे । यता नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिता’उन आग्रह गर्नु भएको छ ।

आ’दिवासी जनजा’ति विभागले काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले आफूलाई जसरी पनि जिताउन आग्रह गर्नु भएको हो ।सभापति देउवाले सभापति हारेमा आफूलाई प्रधानमन्त्रीबाट पनि हटाउने भएकाले जसरी पनि जिताउन आग्रह गर्नु भएको हो ।

उहाँले सभा’पतिमा हारेमा आफूमाथि धेरैप्रश्न उठ्ने स’मेत बताउनु भएको छ । ‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ ।

मलाई जिता’इदिनु होला । पार्टीको चु’नाव पनि नजित्नेले देश कसरी चला’उँछन् भनेर मलाई प्रश्न गर्छन्,’ उहाँले भन्नुभयो,’ त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला।’यस्तै,उहाँले कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानु पर्ने भएकाले सबै जनजा’तिलाई आर’क्षण दिएको समेत बताउनुभयो । यो खबर साभार गरियको हो र। साभार उज्यालो अनलाइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय