नेपाली राजनिती,

व्यवसायी दुर्गा प्रसाईलाई नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनीत गर्ने भएको छ।

भक्तपुरमा जारी एमालेको स्थायी कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी प्रसाईलाई केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेका हुन्।

यद्यपी बैठकमा सचिव योगेश भट्टराईले यसको विरोध गरिरहेका छन्। झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक समेत रहेका प्रसाईं एमालेको विधान महाधिवेशनबाट पार्टीमा सक्रिय देखिएका थिए।

त्यसपछि उनी एमालेको महाधिवेशनमा झापाबाट महाधिवेशन प्रतिनिधिको रूपमा सहभागी भएका थिए।प्रसाईं त्यसभन्दा पहिले नेकपा माओवादी केन्द्रमा थिए। उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनिकट थिए।

प्रसाईं २०५८ सालमा तत्कालीन विद्रोही माओवादीमा प्रवेश गरेका थिए। शान्ति स्थापनापछि उनी प्रचण्डनिकट भएर माओवादीमा थिए।
तर, पछिल्लो समय प्रचण्डसँग असन्तुष्टि व्यक्त गर्दै प्रसाईं एमालेमा पुगेका हुन्। ओलीलाई प्रसाईं ‘हजुरबुवा’ भन्छन्।

आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन नसकेको आरोप उनले प्रचण्डलाई लगाउने गरेका छन्। प्रचण्ड प्रधानमन्त्री हुँदा बिएण्डसीलाई सम्बन्धन दिन खोजिएको थियो।

पछिल्लो समय ओली प्रधानमन्त्री हुँदा बिएण्डसीलाई सम्बन्धन दिन खोजिएको थियो। तर, प्रचण्ड समूहले साथ नदिँदा सम्बन्धनको प्रक्रिया असफल भएसँगै प्रसाईंले माओवादी छोडेका थिए।

एमाले विधान महाधिवेशनबाट औपचारिक रूपमा एमाले प्रवेश गर्दै प्रसाईं चितवनको महाधिवेशनमा पुगेका थिए। एमाले र माओवादी एकता गरी नेकपा गठनताका प्रसाईं चर्चामा आएका थिए। दुई शीर्ष नेतालाई वार्ता गराउँदै खानासमेत खुवाएको प्रसाईंको तस्बिर बाहिर आएको थियो। यो खबर सेतो पाटिमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय