बिहिबार , बैसाख २०, २०८१

नेपाली राजनिती,

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन आग्रह गर्नु भएको छ ।

आदिवासी जनजाति विभागले काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले आफूलाई जसरी पनि जिताउन आग्रह गर्नु भएको हो ।

सभापति देउवाले सभापति हारेमा आफूलाई प्रधानमन्त्रीबाट पनि हटाउने भएकाले जसरी पनि जिताउन आग्रह गर्नु भएको हो ।

उहाँले सभापतिमा हारेमा आफूमाथि धेरै प्रश्न उठ्ने समेत बताउनु भएको छ । ‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ ।

मलाई जिताइदिनु होला । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्,’ उहाँले भन्नुभयो,’ त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला।’यस्तै,

उहाँले कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानु पर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको समेत बताउनुभयो । यता हरि मानन्धर । २१औँ शताब्दीको डिजिटल सँसारको उपहास गर्दै नेपाली काँग्रेसले १४औँ महाधिवेशनमा समेत पानी ट्याङ्कीलाइ मतपेटिकाको रूपमा प्रयोग गर्ने भएको छ ।

एकातिर उमेदवारहरू भोट माग्न ब्यस्त छन् भने काँग्रेसमा उब्जेको इलेक्ट्रकिल भोटिङलाई किन बिश्वास गर्न सकेन?

यति लामो ७५ बर्षिय इतिहाँस बोकेको नेपाली काँग्रेसले २१औँ शताब्दीको डिजिटल युगमा आउँदा पनि इलेक्ट्रिकल भोटिङलाई बिश्वास नगर्नु निकै नै चर्चाको बिषयको रूप्मा हेरिएको छ ।

महाधिबेशनमा मत माग्न ब्यस्त उमेदवारहरू बीच मतपेटिकाको बिषयलाई लिएर आलोचना भैरहेको बेला नेपाली काँग्रेसले यसरी पुरानै शैली र पद्दतिमा निर्वाचन गर्न लाग्नु हाँस्यास्पद समेत मानिएको छ।

यस अघि नेकपा एमाले र नेपाल प्रजातन्त्र पार्टीको अधिबेशनको निर्वाचनमा समेत प्रयोग गरिएको इलेक्ट्रिकल भोटिङ पद्दतिलाइ भने नेपाली काँग्रेसले बिश्वास नमान्नु कतै नेपाली काँग्रेस अझै पनि पुरानै पद्दतिर शैलीमा अगाडि बढिरहेको त होइन भन्ने प्रश्न जनताहरूको बीच उब्जिएको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफ्ना नेतालाई निर्वाचन जिताउनका लागि शुभचिन्तक मत माग्नलाई व्यस्त छन् । शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्न मत माग्न कार्यकर्ता व्यस्त छन् ।

भोट माग्ने कार्यकर्ताका कारण भृकुटीमण्डप क्षेत्र वरपर भीडभाड भएको छ । यस्तै आफ्नो पक्षमा मत पार्नका लागि नेताले होर्डिङ बोर्डलाई प्राथमिकता दिएका छन् ।

काठमाडौँका विभिन्न प्रमुख सडक, निर्वाचन क्षेत्र वरपर र महाधिवेशन प्रतिनिधि बस्दै आएको होटलसम्म उम्मेदवारको होर्डिङ बोर्ड राखिएका छन् । यस्तै आफ्ना नेताका नाममा टोपी, टिसर्ट, जकेट, पानीका बोतल, कलमलगायका सामग्री बनाएर प्रचारप्रसार गरिरहेका छन् । यो खबर पाथिभरा अनलाइनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय