नेपाली राजनिती,

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामोसमयदेखि कांग्रेसको नेतृत्व गर्दै आइरहेका छन् ।

अहिले १४औँ महाधिवेशनमा पनि फेरि देउवा स्पष्ट बहुमतका साथ पुनः पार्टी नेतृत्व हाँक्ने तयारीमा छन् ।

देउवा फेरि अर्को पाँच वर्ष पार्टीको कमाण्ड हाक्ने दाउमा रहँदा इतर पक्ष भने उनीबाट नेतृत्व फुस्काउने दाउमा रहेको छ । तर सभापतिमा साझा उम्मेदवारका लागि रामचन्द्र पौडेल समूह निरन्तर छलफलमा जुटेपनि अहिलेसम्म टुंगोमा पुग्न सकिरहेको छैन ।

पौडेल स्वयंले सभापतिमा इच्छा व्यक्त गरे पनि सोही समूहमा महामन्त्री शशांकसहित प्रकाशमान सिंह, शेखर कोइरालाले पनि दाबी नछाडेपछि सो समूहमा स्पष्ट विभाजन देखापरेको छ । पौडेल समूह विभाजन भएमा देउवा पक्षलाई फाइदा पुग्ने देखिन्छ ।

एक नेताका अनुसार पार्टीभित्र झण्डै ५५ प्रतिशतभन्दा बढी देउवाको पक्षका महाधिवेशन प्रतिनिधिले जितेका छन् ।

प्रदेशमा पनि देउवाको बलियो पकड देखिएको छ । यो सबै हेर्दा देउवाले फेरि पनि सभापति हाँक्ने मौका पाउने देखिन्छ । देउवा नेपाली राजनीतिक चतुर खेलाडीको रुपमा पनि चिनिन्छिन् । लामो भाषण भन्दा ‘एक्सन’मा विश्वास गर्ने देउवा कम्युनिष्ट पार्टीको दुईतिहाइ हुँदा–हुँदै पनि देशको प्रधानमन्त्री बन्ने अवसर पाए ।

नेपाली राजनीतिमा गनिने ठुला कम्युनिष्ट नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पनि साथ दिँदा भाग्यले देउवा पाचौं पटक प्रधानमन्त्री पनि बने । देउवा २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।

त्यसपछि उनी २०५८ साल साउनमा दोस्रो पटक, २०६१ साल जेठमा तेस्रोपटक र २०७४ सालमा माओवादीको समर्थनमा देउवा चौथो पटक प्रधानमन्त्री बनेका थिए । नेपाली राजनीतिमा लागेदेखि नै भाग्यमानी ठहरिदै आएका देउवा अहिले पनि प्रधानमन्त्री र पार्टीको सभापति चलाउँदै आइरहेका छन् । देउवा फेरि एक पटक सभापति बनेर राम्रो काम गर्न चाहान्छन् ।

गत सोमबार एक कामर्यक्रममा देउवाले राम्रो काम गरेर देखाउने अन्तिम मौका दिन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए । पार्टीको विधानबमोजिम एक पटक सभापति बन्ने आफ्नो चाहना रहेको बताउदै आएका देउवालाई धेरै नेता तथा कार्यकर्ताले सहयोग गर्ने देखिन्छ । यसपटकको महाधिवेशनमा पनि फेरि सभापतिमा विजयी भएमा देउवा ठुलो भाग्यमानी व्यक्ति ठहरिनेछन् । साभा। क्यानडा नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय