नेपाली राजनिती,

काठमाडौं – नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नयाँ दल घोषणा गर्ने भएका छन् । उनले शुक्रबार नेपाल सुशासन पार्टी नामक नयाँ दल घोषणा गर्ने भएका हुन् ।

खरेल पछिल्लो पटक नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सकिैय रहेका छन् । उनले आज दिउँसो ३ बजे अनामनगरमा एक कार्यक्रम गरी नयाँ दल घोषणा गर्न लागेका हुन् ।

राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको खरेलको भनाई छ । उनले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताए ।


यो खबर क्यानडा नेपालमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय