शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले एउटा पुरानो गीत सम्झिएका छन्।

उनले राजेन्द्र थापाको गीतका केही हरफसमेत ट्वीट गरेका छन्। अध्यक्षमा निर्वाचित लिङ्देनले प्रमाणपत्र लिइरहेका बेला थापा भने ट्वीटमा सक्रिय थिए।

यो गीतलाई अरूणा लामाले गाएकी थिइन्।

‘मेरो अन्तर्मनभित्र मेरो मान्यतामाथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो- पोहोर साल खुशी फाट्दा जतन गरि मनले टाले त्यहि साल माया फाट्यो त्यसलाई पनि मनले टाले यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो?’

आज बिहान आएको मतपरिणामअनुसार राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएर अध्यक्ष निर्वाचित भएका थिए भने थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो।

अध्यक्षमा पराजित भएपछि थापाले लगातार ट्वीट गरिरहेका छन्। उनले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहप्रति पनि उनले रोष प्रकट गरेका छन्।

पूर्वराजाले हराउन भूमिका खेलेको आरोप उनको छ। ट्वीटमा मेन्सन गर्दै थापाले ०६३ देखि शिरमा कफन बाँधेर राजतन्त्र बोकेर हिँडेकोमा आज पुरस्कार पाइयोसमेत भनेका थिए। पूर्वराजा र हिमानीका नाममा रहेका ती अकाउन्छ उनीहरूले चलाउँछन् या चलाउँदैनन् भन्ने यकिन भने छैन। तर ती ह्यान्डलमा थापाले मेन्सन गर्दै लगातार रोष व्यक्त गरिरहेका छन्। यो खबर सेतोपाटीमा छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्।

लिङ्देनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका हुन्।

राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्। थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो।अध्यक्षमा पराजित भएपछि ट्वीट गर्दै अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्ने बताएका छन्।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना,’ थापाले भनेका छन्।

उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप पनि लगाएका छन्।

‘प्रतिकूल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले भनेका छन्।

उनले ट्वीटमै पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र बोकेर हिँडेको पुरस्कार आज पाइयो भनेका छन्। तर उनले मेन्सन गरेको ट्वीटर ह्यान्डल पूर्वराजाले चलाउँछन् या चलाउँदैनन् भन्ने यकिन भने छैन।

‘मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो,’ उनले भनेका छन्, ‘सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’ यो खबर साभार गरियको हो । साभार ः सेतोपाटीबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय