शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

कावासोती । बुलिङटार गाउँपालिका वडा नम्बर २ बाट नेपाली कांग्रेस परित्याग गरी ४ सय ३५ जना एमालेमा प्रवेश गरेका छन् ।

भोला लुङ्गेलीमगर, पारस थापा र गोपाचन्द्र ठाडाको नेतृत्वमा यूवाहरु एमाले प्रवेश गरेका हुन् ।एमालेका जिल्ला अध्यक्ष एवम गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति रोनशबहादुर गाहामगरले उनीहरुलाई टीका अबिर र खादा लगाएर एमाले प्रवेश गराएका हुन् ।

२०४८ सालदेखि नेपाली कांग्रेसको एकछत्र रहेको गाउँका युवाहरु एमाले प्रवेश गरेका हुन् । ‘कांग्रेसको कुशासन’ सहन नसकेर एमालेमा प्रवेश गरेको भोला लुङ्गेलीमगरले बताए ।

एमालेमा प्रवेश गरेका युवा युवा गोपालचन्द्र ठाडाले भने, ‘विकास र सामाजिक न्यायका लागि एमाले रोजेका हौं ।’

कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रचार विभागका सदस्य एवम् युवा नेता विद्रोही गिरीले बुलिङटारमा एमालेको लहर बढेको भन्दै एमालेमा सबैको उचित जिम्मेवारी हुने बताए ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र काँग्रेस महामन्त्री डां शशांक कोइरालाको निर्वाचन क्षेत्रबाट विकास र न्यायको आशा मरेकाले एमाले प्रवेश गरेको गिरीले बताए ।

देउराली, पेलेगा, रामकोट, भेलौरी, छरछरे, कोटा, बोझा, बरिमल भाङवारीलगायका ठाउँका काँग्रेस कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । सोही अवसरमा अर्खलाबाट ३२ जना , बुलिङटार –३ बाट १५ जना, कोटथरबाट २८ जना र भारतीपुरबाट एक जनासमेत प्रवेश भएका थिए ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्यहरु कृष्ण घिमिरे, टंकनाथ गिरी, टंक माकिम, बुलिङटार गाउँ कमिटी अध्यक्ष मनवीर पुलामी, स्थानीय कोशराज पौड्याल, बलराम लामिछाने, सर्गबहादुर पुलामी र टंकप्रसाद आलेले मन्तव्य राखेका थिए । नेपाल प्रेसबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय