शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले योगगुरु रामदेव र आचार्य बालकृष्ण ‘थ्री इन वान’ भएको बताउनुभएकाे छ ।

आज शुक्रवार रामदेव पतञ्जली योगपीठ नेपालले आयेजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

योगगुरु रामदेव र आचार्य बालकृष्णले योगको माध्यमबाट पूरा समाजलाई नै आरोग्य र निरोगीतर्फ लगेको बताउँदै अध्यक्ष दाहालले रामदेव पहिला परम्परावदी र रूढिवादी जस्तो लागे पनि क्रान्तिकारी र वैज्ञानिक भएको बताउनुभयो । उहाँले बाबा रामदेव र आचार्य बालकृष्णसँगको कुराकानीमा नेपालमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीको क्षेत्रमा क्रान्ति ल्याउने विषयमा छलफल भएको बताउँदै अब कार्यक्रम गर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘पहिलादेखि नै बाबा रामदेवसँग मेरो सान्निध्यता भयो, नजिक भयौँ, छलफल गर्न थाल्यौँ । कताकता मलाई पहिला लाग्थ्यो उहाँ अलि बढी रूढिवादी, परम्परावदी हुनुहुन्छ होला भन्ने लाग्थ्यो, तर छलफल गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदो रहेछ, क्रा न्तिका री हुनुहुँदो रहेछ, त्यस कारण मेरो निकटता पनि त्यसरी नै बढेर गयो ।

उहाँले योगलाई नयाँ क्रान्ति मार्ग प्रदर्शन गर्नुभयो, योगको माध्यमबाट आरोग्यतिर, निरोगितातिर पूरै समाजलाई लैजाने अभियानको नेतृत्व गर्नुभयो । आरोग्यताबाट महाउद्योगको उत्पादनतिर र सञ्चालनतिर लाग्नुभयो । त्यस कारण बाबा रामदेव र आचार्य बालकृष्ण थ्री इन वान हुनुभयो ।’

त्यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले योग साधनाको छुट्टै महत्त्व भएको बताउनुभयो । उहाँले योगको अभ्यास गरेमात्रै शरीर स्वस्थ हुने बताउनुभयो । उहाँले पहिला आफू धेरै यज्ञ, महायज्ञमा जाँदा पलेँटी कसेर बस्न नसकेको र पछि योगाभ्यासले नै सहज बनाएको बताउनुभयो ।

अध्यक्ष नेपालले नेपालमा प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालय र होमियोपेथिक पद्धतिलाई विस्तार र प्रयोग गर्नुपर्ने बताउनुभयो । उज्यालो अनलाइनबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय