शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच भेटवार्ता भएकाे छ ।

बिहीबार बिहानसमसामयिक राजनीतिक घटनाक्रम तथा रिक्त रहेको राजदूत नियुक्तिको विषयमा छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच राजदूत नियुक्तिबारे भएकाे छलफलमा सहमति भने भएन । अघिल्लाे सरकारले राजनीतिक नियुक्ति दिएका १२ देशका राजदूतलाई देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएपछि हाल २३ देशमा नेपाली राजदूत रिक्त रहेका छन् ।

काठमाडौँ । नियुक्त भएको पाँच महिना नाघिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले ६० दिनभित्र सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण अझै सार्वजनिक नगरेका हुन् ।

‘प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको छ । तर, सार्वजनिक किन भएन ? म बुझ्छु’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक हुँदै आएको सम्पत्ति विवरणमा प्रधानमन्त्री देउवाको विवरण प्राप्त भएको उल्लेख छ, तर सार्वजनिक भने गरिएको छैन । नयाँ खोज खबर डट नेट बाट साभार ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय