शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

काठमाडौं । चितवनका बाम बुद्धिजिवी प्रेम रिमालले माओवादी केन्द्र परित्याग गरेका छन । आज (शनिवार) फेसबुकमा स्टाटस लेखेर उनले माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् ।

उनि पछिल्लो समय माओवादी केन्दमा आबद्ध थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने उनि पेशाले शिक्षक हुन । चितवनमा रिमालले स्कूल संचालन गरिरहेका छन ।

प्रचण्डलाई निर्वाचनमा विजयी गराउन उनकै नेतृत्वमा बुद्धिजिवीहरुले अभियान संचालन गरेका थिए । रिमालले प्रचण्डको पक्षमा विभिन्न क्षेत्रमा भाषण समेत गर्दै हिडेका थिए ।

तर पार्टीमा दार्शनिक, राजनीतिक र सांस्कृतिक रुपमा बिचलन आएका कारण परित्याग गरेको बताएका छन ।

‘म निष्ठावानका साथ जिवन विताइरहेको मान्छे हु, म आजिवन कम्युनिष्ट विचार बोकेर हिड्ने मानिस हुँ,तर आजदेखि कुनैपनि पार्टीमा आवद्ध छैन’,उनले भने । नेपालका कम्युनिष्ट पार्टीले न्यूनतम आचरण पनि पालना नगरेको उनको आरोप छ ।

उनले माआवादी केन्द्र परित्याग गर्नुको अर्थ एमाले वा काँग्रेस प्रवेश गर्छ भनेर नबुझ्न अनुरोध गरे । उनले आफु जिवनभर कम्युनिष्ट रहने समेत उद्घोष गरेका छन ।

१० बर्ष जनयुद्ध लडेको पार्टी माओवादीले समेत जनताका मुद्धा र कम्युनिष्टको विचार परित्याग गरेको उनको भनाई छ । उनले जनताको पक्षमा हुने आन्दोलनमा यसअघि पनि नेतृत्वदायी भूमिका खेलेको र आगामी दिनमा पनि जारी राख्ने बताए ।

उनले लेखेका छन:

नेपाल कम्युनिष्ट पार्टीका श्रद्धेय संस्थापक कमरेड नरबहादुर कर्माचार्यका हातबाट (कमरेड निर्मल लामाको उपस्थितिमा) नारायणगढको स’हिद चोकमा रहेको आदरणीय दाइ मित्रराज दवाडीको मित्र एग्रो कन्सर्नको हो क्यारे पछाडिको कोठामा कम्युनिष्ट पार्टीको सदस्यता लिएको हुँ मैले ।

कहिले नेकपा चौम, कहिले नेकपा एकता केन्द्र, कहिले एकता केन्द्र मसाल, कहिले नेकपा एकीकृत माओवादी त कहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै फेरि नेकपा माओवादी केन्द्रको सदस्य बनेको म आजबाट भने प्रेम रिमाल मात्र बनेको छु ।

मलाई देश र जनताको पक्षमा जतिसुकै कष्ट झेल्न परे पनि तयार हुनुपर्छ भन्ने कुरा सिकाउने मेरा अग्रजहरू पुष्पकमल दाहाल, प्रेम सुवेदी, भैरब रेग्मी, विष्णु कुँवर, भेषराज गौली, नवीन आचार्यप्रति उच्च आदर आज पनि छ ।प्रेम सुवेदी र भेषराज गौली दाइको मृ’त्यु भैसक्यो । अरू जिवि’त हुनुहुन्छ ।

मैले दार्शनिक, राजनैतिक र सांस्कृतिक रूपमा एउटा कम्युनिष्ट पार्टी जस्तो हुनुपर्छ भन्ने बुझेको थिएँ त्यसका सामान्य प्रवृत्तिहरू पनि पार्टीमा रहेको अनुभव गर्न नसकेका कारण कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध नरहेको कुरा सबैको जानकारीका लागि अनुरोध छ ।

नेपाल र नेपाली जनताको पक्षमा उठ्ने आवाजमा मेरो आवाज सदा मिसिने नै छ । सबैखाले न्यायपूर्ण आन्दोलनमा म सदाझैँ लागिरहने प्रतिज्ञा गर्दछु ।मलाई ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने चेतना जगाइदिने सबैप्रति मेरो विशेष आदर रहिरहने छ । दैनिक नेपाल न्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय