शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले देशको भुगोल बिर्सेनुभएको छ ।

आफु कुन धर्तीमा उभिएको छु भन्ने सम्म हेक्का नराखी नेपाली भुमिका टेकेर यो नेपाल नै हो ? भनेर सोध्नु, त्यो पनि पूर्वप्रधानमन्त्रीले भन्दा लाज केही नहुने एक नेताले बताए ।

दार्चुलाको शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर विमानस्थलमा हेलिकप्टरबाट अवतरण गर्दै गर्दा उहाले सो बिर्सेको कुरा सोध्नुभएको हो । नेपालले स्वागत तथा सहजिकरणका लागि खटिएका इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक अरुण बमलाई सोध्नुभएको थियो– नेपाल नै हो यो ?

सामाजिक संजालमा भाइरल भएको उक्त भिडियोमा हेर्न सकिन्छ, नेता नेपालले चौलानी नदी तर्फ हेर्दै भने, यो कुन नदी हो ? नेकपा एकिकृत समाजवादी दार्चुला जिल्लाको प्रथम जिल्ला भेलाका लागि गोकुलेश्वर पुगेका नेता नेपालको साथमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले लगायत अन्य नेताहरु पनि सहभागी हुनुभएको थियो ।

लामो समय राजनितिमा होमिएका नेताले आफ्नो भुगोल बिर्सिएकोमा स्थानियहरु चिन्तित छन् । संगठन बिस्तार गर्नका लागि मात्र आसेपासे बोकेर कुना कुन्दरामा कुद्ने प्रबृत्ति रहेको स्थानीयको आरोप छ ।

नेता नेपालले आफ्नो देशको भुगोल बिर्सिएकोमा देशभरका सबै आक्रोशित छन् । माधव नेपालको यो नियोजित प्रश्न सोधाईलाई भारतभक्तिको चरम नमुना भन्दै स्थानीयवासीले माधवले आफ्नो कट्टीमुनीको भुगोल प्रदर्शन गरेको टिप्पणी गरेका छन । जनता टाईम्सबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय