काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा धेरै भ्र’ष्टा’चार भएको दाबी गरेका छन् ।

समाजवादी इन्जिनियरिङ एशोसिएसनको प्रथम राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले सम्मका सरकारहरुमध्ये एमाले अध्यक्ष ओली सरकारको पालामा सबैभन्दा धरै भ्र’ष्टा’चार भएको आ’रोप लगाए ।

उनले भ्रष्टाचार गर्दिनँ भन्ने ओलीले नै भ्र’ष्टा’चार संरक्षण गरेको टिप्पणी गरे ।

अध्यक्ष नेपालले हचुवाको भरमा जथाभा’वि विमानस्थल र हेलिप्याड निर्माण गरेर बजेट खर्च भएको बताउँदै आफू उक्त कुराको विरोधी भएको र पर्यटनमन्त्रीलाई यस्ता कुरामा ध्यान दिन आफूले निर्देश गरेको बताए ।

कार्यक्रममा श्रममन्त्री किसान श्रेष्ठले सरकारले सकेसम्म नेपालीलाई स्वदेशमै रोजगारी दिने गरेर सरकार लागिपरेको बताउँदै बैदेशिक रोजगारमा जानु्पर्दा लेवरमा मात्रै नभएर दक्ष जनशक्ति पठाउनेबारे छलफल भइरहेको जानकारी दिए।

उनले जनताले दिएको मतको नेकपा एमालेले इज्जत गरेको भए अहिले यो अवस्थामा नेकपा एमाले नपुग्ने प्रतिक्रिया दिए। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय