बुधबार , बैसाख २६, २०८१

पुरा खबर,

न्युयोर्क – अमेरिकामा डेमोक्रयाटिक पार्टी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी एक निकट सहयोगीले अमेरिकाका एक सिनेटरले आफूलाई यौ’ ‘न दु’र्व्यव’हार गरेको खुलासा गरेकी छिन् ।

हिलारीकी सहयोगी हुमा अबेदिनले एक राजनीतिज्ञले सन् २००० को मध्येतिर आफूलाई घरमा बोलाएर सोफामा यौ’ ‘न दु’व्र्य’बहा’र गरेको बताएकी हुन् ।

सोफामा आफूसँग टाँ’सिएर सिनेटरले चु’म्बन गर्न खोजेको र आफू घरबाट भा’गेको हुमाले आरोप लगाएकी छिन् । आफ्नो पुस्तक बोथ / एन्डः अ लाइफ इन मेनी वल्डसमा उनले यस्तो आरोप लगाएकी हुन् । सो पुस्तक अर्को साता प्रकाशन हुँदैछ ।

चिया खाने क्रममा सिनेटरले गरेको दु’र्व्यव’हा’रलाई उनले पुस्तकमा यसरी उल्लेख गरेकी छिन्, ‘उसले मतर्फ त’न्किएर मेरो काँ’धमाथि वायाँ हात राख्यो र चु’म्बन गर्‍यो र मेरो मुखभित्र जि’ ‘ब्रो राखेर यौ’ ‘न दु’र्व्यव’हार गर्‍यो ।

हुमा हिलारीकी नजिकको विश्वास पात्र हुन् । हुमालाई क्लिन्टनले एक पटक आफ्नो दोस्रो छोरी भनेकी थिइन् । क्लिन्टन सिनेटर हुँदा उनको कार्यबारे बर्णन गर्दा आफूमाथि यौ’ ‘न दु’र्व्यव’हार भएको उनले उल्लेख गरेकी छिन् ।

४५ वर्षीया हुमाले दु’व्र्यब’हार गर्ने सिनेटरको नाम र पार्टीमा उनको आबद्धताबारे केही खुलाएकी छैनन् ।

वासिंगटनमा आयोजित डिनरपछि आफू ती सिनेटरसँग बाहिर निस्किएर उनको घरमा पुगेको उनले उल्लेख गरेकी छिन् । त्यसपछि सिनेटरले गरेको चिया खाने प्रस्ताव उनले स्वीकार गरेका थिए । एजेन्सी यो खबर ताजा खबरमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय