बुधबार , बैसाख २६, २०८१

काठमाडौं ।

बलिउड अभिनेता अनुपम खेर लगायत केही कलाकार अहिले फिल्म छायाँनका क्रममा नेपालमा छन् ।

अनुपमले सन् १९८४ मा सँगै काम गरेकी सहकर्मीलाई नेपालमा भेट गरेका छन् ।

नेपालमा आफ्नो पुरानो सहकर्मीसंग भेट गर्न पाउँदा उनी निकै खुसी भएका छन् । उनले सामाजिक सञ्जाल मार्फत सहकर्मीसंगको तस्बिर सार्वजनिक गर्दै खुसी ब्यक्त गरेका छन् ।

अनुपमका अनुसार चलचित्र ‘जिवनसन्ध्या’ मा सँगै अभिनय गरेकी कलाकारसंग उनको नेपालमा भेट भएको हो । उनले ति कलाकारसंग ३७ वर्ष अघि संगै काम गरेका थिए । लुक्लाबाट बिहीबारमात्रै काठमाडौं आएका अनुपमले काठमाडौंको ह्यात होटलमा भेटेका हुन् ।

अष्ट्रेलियन नागरिक फलिसिटि भल्क उक्त चलचित्रमा जोडिएको किस्सा सेयर गर्दै अनुपम लेख्छन्, “हामीलाई चलचित्रमा बुहारीको भूमिकाका लागि विदेशी अनुहार चाहिएको थियो ।

त्यहीक्रममा भारत घुम्न आएकी १९ वर्षीया उनलाई त्यो भूमिकाका लागि प्रस्ताव गरियो । आज ३७ वर्षपछि उनलाई भेटेँ । उनी अहिले नेपालका लागि अष्ट्रेलियन राजदूत हुन् भने दुईवटा किताबकी लेखिका पनि हुन् । उनीसँग भेट्न पाउँदा खुसी लागेको छ । जिवन सरप्राइजहरुको प्याकेज हो । जे पनि हुन सक्छ।”

बलिउड चलचित्र ‘उचाइ’ को छायांकनका लागि निर्देशक सुरज बडजात्या, बोमन इरानी, परिणिती चोपडा लगायत भारतीय र बाँकी नेपाली टिमसहित अहिले अनुपम नेपालमा छन् । यहाँको मौसम खराब भएका कारण केही दिन उनीहरु लुक्लामै बस्नु परेको थियो । तीन दिन अधिक लुक्लाको बसाई पछि उनीहरु विहिवार काठमाडौ आइपुगेका हुन् ।

नाम्चेको छायाङ्कन सकाएर उनीहरु बिहीबार काठमाडौं आएका थिए । यहाँ एकदिन बसेर आज उनीहरु छायांकनका लागि मनाङ उडिसकेका छन् । दुई साथीहरुको साहसिक यात्राको कथा बाकेको यो चलचित्रमा सगरमाथा र नेपालका बाँकी हिमाली भेगको दृश्य रहेको छ । चलचित्रको ५० प्रतिशत काम सकिसकेको र बाँकी काम पनि अक्टोबरसम्म सकाएर टिम भारत फर्किने बताइएको छ ।
ताजा खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय