शुक्रबार , बैसाख १४, २०८१

५ कात्तिक,

काठमाडौ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलि खेलमा जिप लाइन खेलको अनुभव लिएका छन् ।

नाति नातिनी सहित धुलिखेल पुगेका प्रचण्ड क्लासिक जिपलाइनमा सयर गरेका हुन् । साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए ।

काठमाडौबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको जिपलाइन २०७५ फागुन देखि व्यवसायिक रुपमा शुरु भएको हो । जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ ।

फोटोः बिष्णु कान्त घिमिरे अनलाइन खबरबाट साभार गरियको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय