बुधबार , बैसाख २६, २०८१

एजेन्सी ।

भारतले चीनसँग सीमा विवाद रहेका स्थानमा चिनियाँ सैनिकविरुद्ध लड्न आफ्ना सैनिकलाई नयाँ खालका उपकरण उपलब्ध गराउन लागेको छ ।

भारतीय सञ्चार माध्यम एएनआईका अनुसार एक कम्पनीले हालै त्रिशूलजस्तो एक करेन्टवाला उपकरण र करेन्टवाला मुक्का प्रहार गर्न सकिने विशेष पञ्जा तयार गरेको छ ।

खासमा भारत र चीनबीचको सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखाको दुई किलोमिटर दूरीभित्र गोलीबारुद लगायत आधुनिक हातहतियार चलाउन नपाइने सम्झौता छ ।

यसकैको विकल्पमा सीमा विवाद भएका क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच बेलाबेला हुने मुठभेडमा विभिन्न अन्य उपकरण प्रयोग गरेर एक–अर्कालाई चुनौती दिने होड नै चलेको छ ।

गत साल विवादित क्षेत्र गलवान उपत्यकामा भारत र चीनका सैनिकहरूबीच मुठभेड भएको थियो । त्यस क्रममा चिनियाँ जनमुक्ति सेनाका जवानहरूले काँडेदार मुंग्रो हानेर भारतीय सैनिकको ज्यान लिएको र केही घाइते भएको बताइएको थियो । त्यसैको प्रतिकार स्वरुप अहिले भारतीय सेनाका लागि विशेया उपकरणहरु तयार पारिएको जनाइएको छ ।

समाचार एजेन्सीहरुका अनुसार भारतको नोइडामा रहेको एक स्टार्टअप कम्पनी आपास्टेरोन प्रा.लि.ले भारतीय सुरक्षाबललाई चिनियाँ बलसँग भिड्नका लागि ‘ननलिदल’ हतियार उपलब्ध गराउन लागेको हो । जसमा त्रिशूलजस्तो आकारमा एक आधुनिक उपकरण बनाइएको छ, जसको समाउने ठाउँमा स्वीच रहेको र त्यसमा दबाउँदा त्रिशुलको टुप्पोमा करेन्ट प्रवाह हुने बताइएको छ । यसले दुश्मनलाई गम्भीर घाइते वा मृत्यु नगराए पनि झट्का लाउन सकिने बताइएको छ ।

आपास्टेरोनका प्रमुख प्रविधि अधिकारी मोहित कुमारले एएनआईसँग भनेका छन्, ‘हामीले परम्परागत हतियारबाट प्रेरित भएर सिमानामा चिनियाँहरुसँग भिड्न भारतीय सुरक्षाबलका लागि टेजर तथा ननलिदल हतियार बनाएर दिएका छौँ ।’

उक्त त्रिशूलले दुश्मनलाई करेन्टको झड्का लगाउन र प्रतिबन्धित क्षेत्रमा आएका गाडीलाई रोक्न समेत सकिने उनको भनाइ छ । यस्तै करेन्टवाला पञ्जा समेत हातमा लाएर दुश्मनलाई मुक्का हान्न सकिने उनले बताए । उक्त मुक्का हान्दा समेत करेन्टको झट्का प्रवाह हुने र दुश्मनलाई केही छिनका लागि अत्याउने खालको रहेको रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय