मंगलबार , चैत्र ६, २०८०

पुरा खबर,

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्लुल्लाह अल्मुताइरीले पद त्यागको घोषणा गरेका छन् ।

आज नेपालले साफ च्याम्पियनसिपमा बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो । यससँगै नेपालले फाइनलमा स्थान बनाएको छ । नेपालले साफ च्याम्पियनपसिपको फाइनलमा स्थान बनाएको यो पहिलोपटक हो ।

तर, प्रशिक्षक अल्मुताइरीले भने आफूले टिमलाई ऐतिहासिक सफलता दिलाएको भन्दै साफको फाइनलपछि आफू नेपाल नफर्किने बताए ।

‘‘अन्तिम तीन दिनमा मैले धेरै नराम्रो अनुभव गरेँ । ममाथि धेरै अरोप लाग्यो । हिजो हाम्रो ३ बजे ट्रेनिङ थियो । त्यसकारण सहायक प्रशिक्षक र अर्को एकजना खेलाडी प्री म्याच प्रेस कन्फ्रेन्समा आएका हुन् ।

एउटा मिडियाले त्यसैलाई समाचार बनायो र मजाक उडायो,’’ नेपालका प्रशिक्षक अल्मुताइरीले भने, ‘‘आफ्नो प्रशिक्षकलाई त सम्मान गर्नुपर्छ । हामी प्रशिक्षक हौँ । नोकर होइन । हामी परिवार हौँ । हामी मानव हौँ ।

हाम्रो बच्चाहरू छन् । मैले त्यो मिडियालाई सोधेँ । म्याच फिक्सिङको अरोप लगाएर खुसी भयौ ? गर्व महशुस भयो ? म नोकर होइन । प्रशिक्षक हुँ । फुटबल विकासका लागि नेपाल आएको हुँ ।

मैले नेपालमा भएको पत्रकार सम्मेलन भनेको थिए । म इतिहास रच्न चाहन्छु । त्यो आज पूरा भएको छ । अब हामी शनिबार फाइनल खेल्नेछौँ । यो मेरो अन्तिम खेल हुनेछ । त्यो खेलपछि म कहिल्यै नेपाल फर्किने छैन । साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय