मंगलबार , चैत्र ६, २०८०

पुरा खबर हेर्नुस,

हास्य कलाकार मनोज गजुरेलले विवाह गर्नु भएको छ ।

उहाँले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग आज विवाह गर्नु भएको हो । उहाँले सामाजिक सञ्जालमार्फत आफूहरुले विवाह गरेको जानकारी गराउनु भएको छ ।

बिहान डोलेश्वर महादेवको मन्दिरमा विवाह गरेको उहाँले बताउनु भएको छ । उहाँले लेख्नु भएको छ –‘एकैखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौँ।’

कलाकार गजुरेलले मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेको भन्दै आफूहरुलाई शुभकामना र आशीर्वाद दिनेहरुलाई धन्यवाद भन्नु भएको छ ।

यस्तै, उहाँले आफ्नो निजी जीवनबारे कपोकल्पित समाचार नबनाउन पनि सञ्चारमाध्यमलाई आग्रह गर्नु भएको छ । यसअघि मीना ढकालसित विवाह गरेका गजुरेलको सम्बन्धविच्छेद भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय