शुक्रबार , बैसाख १४, २०८१

पुरा खबर,

नेकपा एकीकृत समाजवादीले चर्चित नेतृ रामकुमारी झाँक्रीलाई मन्त्री नै नबनाउने ष’डय’न्त्र अघि बढाएको छ ।

अध्यक्ष माधवकुमार नेपालले पार्टी चलाउन फण्ड आवश्यक पर्ने र सो ब्यवस्थापन गर्नेहरुलाई सरकारमा पठाउने योजनासहित रामकुमारीलाई मन्त्रीबाटै बञ्चित गराउने खेल सुरु गर्नुभएको नेकपा एकका एक नेताले जनताटाइम्सलाई बताए ।

ती नेताका अनुसार माधवले योजनाव’द्ध रुपमा रामकुमारीलाई रोक्न बिरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने निर्णय सुनाउनु भएको छ भने झाँ’क्रीलाई मन्त्री नै नबनाउने योजना छ ।

ती नेताले जनता टाइम्सलाई दिएको जानकारी अनुसार माधवले मन्त्रीको नाम टुंगो लागेको भन्दै रामकुमारीलाई उपसभा मुखमा थन्क्या”उने बताउनु भएको छ ।

स्रोतका अनुसार अध्यक्ष माधवले बिरोध खतिवडा, मेटमणी चौधरी, प्रेम आले, जीवनराम श्रेष्ठलाई मन्त्री र किशान श्रेष्ठलाई राज्यमन्त्री बनाउने निर्णयमा आफू पुगेको जानकारी दिनुभएको छ ।

नेकपा एसलाई सहरी विकास, पर्यटन, श्रम र युवा तथा खेलकुद मन्त्रालय दिने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुभएको छ । यो खबर पाथिभरा डटकममा छ । यस्तै यता मन्त्रीको भागवण्डा मिलाउँन आज बसको सत्तागठब’न्धनको बैठक बाट झो’क्किएर हिँडेका नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले एक घण्टा भित्रै डबल खुशिको खबर सुनका छन् ।

थोरै र साना मन्त्रालय दिएको भनेर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दहाल प्रचण्ड सँग फायर भएर माधव नेपाल पर्ख म पनि देखाइदिन्छु भन्दै बैठकबाट निस्कीएका थिए । त्यस लगत्तै गठबन्ध’नले महत्वपुर्ण गरेको छ ।

नेकपा एकीकृत समा’जवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने भएको छ । आफ्नो दलले पाएको मन्त्रालयप्रति समाजवादीका नेताहरुले अस’न्तुष्टि जनाएपछि कांग्रेसले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय लिएर स्वास्थ्य दिने भएको हो ।

अब समाजवादीले स्वास्थ्यसँगै शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउनेछ । यस अघि नेकपा एसलाई रक्षा मन्त्रालय दिने कुरा चलेपनि अन्तिममा रोकिएको छ ।

त्यत्ति मात्रै आजै बालुवाटारमा बसेको सत्तापक्षीय गठ’बन्धनको बैठकमा बाग्मती प्रदेश र प्रदेश नम्बर १ को मुख्यमन्त्री माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति भएको छ ।

मन्त्रिमण्डल विस्तारबारे निर्णायक छलफल गर्ने भनेर बसेको गठबन्धनको बैठकमा यी दुई प्रदेशको मुख्यमन्त्रीबारे पनि सहमति भएको हो । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले मन्त्रिमण्डल भागब’ण्डामा चि’त्त दुखा’एका थिए । उनले संख्या कम भएको र मन्त्रालय पनि वजनदार नदिईएको भनेर सुरुमा आक्रोश पोखेका थिए ।

नेकपा (एकीकृत समाजवादी) लाई दुई वटा प्रदेशको मुख्यमन्त्री दिईने सहमति भएसँगै सरकारमा जान आफूहरु सकारात्मक रहेको प्रतिक्रिया अध्यक्ष नेपालले दिएको स्रोतको दाबी छ । अहिले नेपाल पार्टीको स्थायी कमिटी बैठकस्थलमा पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए । तर, सत्तापक्षीय गठबन्धनका दलले मन्त्रीहरुको नाम दिन आनाकानी गरेपछि आज हुने सम्भावना नभएको बुझिएको छ । बालुवाटार स्रोतले भने भोलिमात्रै मन्त्रिपरिषद् विस्तार हुने जनाएको छ । अोटीभि नेपालबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय