शुक्रबार , बैसाख २१, २०८१

पुरा खबर,

अहिले बदलिँदो जीवनशैली तथा करिअरमा ध्यान दिने मानिसहरुको प्रवृत्तिका कारण धेरैले ढिलो बिहे गर्दछन् ।

अधिकांश मानिसको त ३० वर्षको आसपासमा मात्र बिहे हुन्छ । तर बेलायतमा एकजना युवती चाहिं ३३ वर्षको उमेरमै हजुरआमा बनेकी छिन् ।

बेलायतकी जेनी मेडलम तथा उनका पति रिचार्ड हालै हजुरआमा र हजुरबा बनेका छन् । जेनीको उमेर ३३ वर्षको छ भने रिचार्ड ३४ वर्षका भए । उनीहरूकी १६ वर्षकी छोरीले गत जून महिनामा बच्चा जन्माएकी हुन् ।

३३ वर्षकै उमेरमा हजुरआमा बनेकी जेनीले सोसल मिडियामा निकै चर्चा कमाएकी छिन् । कतिपयले उनको ट्रोल पनि गरिरहेका छन् ।जेनीले आफ्नी नातिनी इस्लासँगको तस्वीर सोसल मिडियामा शेयर गरेसँगै उक्त दम्पतीलाई बेलायतकै सबैभन्दा युवा हजुरबा हजुरआमा भनिएको छ ।

सानै उमेरमा नातिनी देख्न पाउँदा उनीहरु निकै खुसी छिन् । द सनमा प्रकाशित समाचार अनुसार जेनी पनि १७ वर्षको उमेरमै आमा बनेकी छिन् । छोरी चार्माइनले त जेनीलाई पनि पछाडि पारिन् र १६ वर्षमै बच्चा पाइन् ।

छोरी गर्भवती भएको थाहा पाएपछि आफूले सम्झाइबुझाइ गरेर निकै सहयोग गरेको उनी बताउँछिन् । आफुले १७ वर्षको उमेरमै बच्चा जन्माउनुका साथै व्यवसाय पनि सुरु गरेको जेनीको भनाइ छ ।

जेनीले ३३ वर्षकै उमेरमा नातिनी खेलाउन पाएकी छिन् । तर जब उनले नातिनीसँगको फोटो शेयर गर्छिन् मानिसहरुलाई त्यो पत्याउनै गाह्रो पर्दछ । धेरैले उनलाई आमाछोरी भन्दछन् ।

३३ वर्षकी जेनी तीन छोरीकी आमा हुन् । बच्चा जन्माइसकेकी जेठी छोरी चार्माइन १६ वर्षकी भइन् भने माइली छोरी चेल्सी १३ वर्ष र कान्छी स्कार्लेट १० वर्षकी भइन् ।हिमाली पत्रिकाबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय