शनिबार , बैसाख २२, २०८१

काठमाडौ ।

कहिलेकाही सोच्दै नसोको घटना हुन्छ । केही हजारका नोट भेट्टाउनु त सामान्य नै हो ।

तर करोडौ रुपैयाँ फेला पर्नु सामान्य पक्कै हैन । झारखण्डमा त्यहाँका स्थानीय केटाकेटीका लागि त्यस्तै एक असामान्य घटना भयो ।

राज्यको एक गाउँमा हालै चउरमा खेलिरहेका बालबालिकाहरुले ५ करोड रुपैयाँ नगद फेला पारेका छन् ।गाउँनजिकैको खोल्सामा तीन वटा फालिएको बोरा भित्र ५ करोड रुपैयाँ फेला परेको हो । बोरा खोलेर हेर्दा ५ करोड रुपैयाँका बिटा देखेपछि उनीहरुको होश हवास नै उड्यो ।

यी नोट प्रतिबन्धित भारतीय पाँच सय र हजार रुपैयाँका नोट भएको भारतीय मिडियाहरुले जनाएका छन् । भारतिय जनता पार्टीका नेता नरेन्द्र मोदी सरकारमा आएपछि नोटबन्दीको निर्णय लिए ।

निश्चित समयमा स्रोत खुलाएर नोट देखाए त्यसलाई वैध मान्ने तर नोटको स्रोत नखुलाए उल्टै भ्रष्ट्राचारमा हाल्ने निर्णयपछि मानिसहरुको भागाभाग भएको थियो । सायद त्यही बेला पचाउन नसकेका नोट फ्यालिएको हुनसक्ने भारतीय प्रहरीको दावी छ ।

तीन बोराको तौल करिब एक क्विन्टल भएको बताइएको छ । भारतीय मिडियाका अनुसार सरायकेला खरसावाँ जिल्लामा दिनाइ गाउँमा यसरी धुजाधुजा पारिएका नोट भेटिएको थियो ।

बच्चाहरु बोरासँग खेल्न थाले त्यही क्रममा बोरा च्यातिएर नोट बाहिर छरिएपछि सबै चकित भए । उनीहरुले गाउँलेहरुलाई बोलाए । साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय