शुक्रबार , बैसाख १४, २०८१

पुरा खबर,

विस्तारै मनसुनको समय उत्तराद्र्घतर्फ धकेलिएर नेपालीहरुको मुख्य चाड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निग’रानी बढाउन थालेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले आज सार्वजनिक अपिल जारी गर्दै घरमा डेरा गरी बस्ने व्यक्ति तथा काम गर्ने व्यक्तिको नाम, थर तथा स्थायी ठेगाना स्पष्ट रुपमा राखी सम्भावित खत’राबाट जोगिन अनुरोध गरेको छ ।

विगतमा डेरा गर्ने बहानामा धेरै आपरा’धिक क्रि’याकलाप भएकाले त्यसतर्फ स’चेत गराउँदै उक्त अनुरोध गरेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

चाडपर्वमा विभिन्न आपराधिक समूह सल्ब’लाउने, आप’राधिक गतिविधि तथा दु’र्घटना बढ्ने हुँदा गाउँघर तथा छिमेकमा हुने श’ङ्कास्प’द व्यक्तिबारे सूचना दिएर सहयोग गर्न प्रहरीले नागरिकमा अपिल गरेको छ ।

सम्भा’वित घट’ना रोक्न काठमाडौँ उपत्यकामा विशेष सुरक्षा योजना लागू गरी प्रहरीले निग’रानी बढाइसकेको र अन्य जिल्लामा समेत लागू गर्ने क्रममा रहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर बताए ।

उनका अनुसार ७७ जिल्लामा चाडवाडका बेला हुनसक्ने अवा’ञ्छित गति’विधि रोक्न विशेष योजनाका साथ अघि बढ्न सबै जिल्लामा निर्देशन गइकेको छ । सोहीअनुसार आआफ्नो क्षेत्रमा प्रहरीले विशेष ध्यान दिन थालेको छ ।

प्रहरीले शान्ति सुरक्षा कायम गरी जनजीवनलाई सहज बनाउन प्रहरी एक्लैको प्रयास पर्याप्त नहुनेतर्फ नागरिकको ध्यानाकर्षण गराउँदै आवश्यक समन्वय गर्न सार्वजनिक अपिल गरेको छ । कुनै पनि खतराको महसुस हुने वित्तिकै नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्व साधारणसँग अनुरोध गरेको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशानुसार चाडपर्व केन्द्रित विशेष सुरक्षा योजना लागू गरेको काठमाडौँ प्रहरीले नागरिक आफैँले विशेष सावधानी अपना’उँदा पनि धेरै घट’नाबाट जो’गिन सकिने जनाएको छ । dc नेपालबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय