बुधबार , बैसाख २६, २०८१

नपाली राजनिती,

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनदेखि नेकपा एमाले टर्च बालेर खोज्नुपर्ने बताएका छन् ।

शनिबार हेटौँडामा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै आगामी निर्वाचनबाट एमाले टर्च बालेर खोज्नुपर्ने र अध्यक्ष केपी शर्मा ओली अहं’कारको घोडाबाट ख’स्ने उनले बताए ।

उनले भने, ‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहं’कारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् । उनीहरूको काम नै गा’ली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । सद्‍बु’द्धि आओस्, मति सुध्रियोस् । हामी गल’त बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरू र हामीमा के फरक ?’

अध्यक्ष नेपालले आफ्नो पार्टीले कार्यकर्तालाई फूलको आँखाले हेर्ने तर, ओली काँडाको आँखाले हेर्ने गरेको पनि बताएका छन् । उनले भने, ‘ हामी फूलको आँखाले संसार हेर्छौं, केपी ओली काँडाको आँखाले संसार हेर्छन् ।’

प्रधानमन्त्रीमा रहँदा ओलीले प्रधानमन्त्रीको कुर्सी जो’खिम रहेकाले संसद विघ’टनको बाटो रोजेको पनि बताएका छन् । यदि, कुर्सी ताकिएको कुर्सी नै भाँच्ने ध’म्कि पनि ओलीले दिएको नेपालले बताए ।

उनले भने, ‘प्रधानमन्त्री जो’खिममा छ भन्ने लागेपछि प्रतिनिधिसभा वि’घटन गर्नुभयो । मेरो प्रधानमन्त्रीको कुर्सी ता’क्दै हुनुहुन्छ हैन भन्नुहुन्थ्यो । कुर्सी ताक्नुभयो भने कुर्सी नै भाँ’चि’न्छु भन्नुभएको थियो ।’

तर, संसद विघट’न गरेर फेरि सत्तामा पुग्ने ओलीको त्यो सपना पूरा नभएको पनि उनले बताए ।यो खबर न्युज २४मा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय