शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय शुक्रबार उद्घाटन भएको छ ।

पार्टी अध्यक्ष माधव कुमार नेपालले एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरेका हुन् ।

राजधानीको बानेश्वर–आलोकनगरमा रहेको पार्टी कार्यालयको मासिक भाडा ३ लाख रहेको छ । नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसालले मासिक ३ लाख भाडा तिर्ने गरी पार्टी कार्यालय सञ्चालनमा आएको बताए ।

पार्टी कार्यालय रहेको घर चार तले रहेको छ भने अर्को घर निर्माणाधीन रहेको र त्यसको निर्माण पुरा भएपछि एकीकृत समाजवादी पार्टीले नै प्रयोग गर्नेछ । यो खबर रातोपाटीमा छ । यस्तै अर्को खबरमा

नेपाली बजारमा अाज सुनको मुल्य
आज असोज १ गते नेपाली बजारमा सुनचाँदी दुवै मूल्यमा ती ब्र गिरावट आएको छ । महिनाको पहिलो कारोबारको दिन समेत रहेको शुक्रबार सुनको मूल्यमा अधिकतम एक हजार ४०० रुपैयाँले गिरावट आउँदै ८९ हजार १०० रुपैयाँ कायम भएको हो ।

यस्तै, यता चाँदीको मूल्य समेत आज तोलामा ३० रुपैयाँले सस्तिँदै एक हजार १७० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जबकी गत बिहीबार बजारमा सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा १४ सय रुपैयाँले नै सस्तिँदै ८८ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय