शुक्रबार , बैसाख १४, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरी विरामी परेका छन् ।

प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका ओली अस्वस्थ भएका हुन् ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि भेटघाटलाई बन्द गरिएको छ ।

पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रवारदेखि
अस्वस्थ भएको उनका प्रेस सहहयोगी रामशरण बजगाईंले जानकारी दिए ।

ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् । अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताए ।
नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ओली सक्रिय भएका थिए ।

धपेडिका कारण ज्यान सिथिल भएको श्रोतको भनाई छ । उनका निजी चिकित्सकले आराम गर्न र भेटघाट बन्द गर्न दिएको सल्लाह
अनुसार अगाडि बढेको बताइएको छ । यो खबर माेटिभ न्युजबाट साभार गरियको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय