नेपाली कांग्रेसले गुटअनुसार मन्त्रीको भागबण्डा मिलाएको छ ।

आफ्नो भागमा ६ मन्त्री पाएको कांग्रेसले यसअघि नै २ मन्त्री नियुक्त गरिसकेको छ ।

सत्तासाझेदार दलबीच कसले कुन मन्त्रालय लिने भन्ने वि वाद मिलेपछि कांग्रेसले पनि पार्टीबाट पठाउने मन्त्राबारे लगभग टुंगो
लगाएको हो । सम्भवतः शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ५१ दिनमा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ भन्ने हल्ला पनि चलेकाे छ ।

रामचन्द्र पौडेल समूहबाट दीलेन्द्रप्रसाद बडूलाई मन्त्री बनाउन लागिएको छ । सोही समूहबाट तेजुलाल चौधरी वा प्रमोद याद
वमध्ये एक राज्यमन्त्री हुने सम्भावना छ ।

कोइराला गुटले पनि देउवा नेतृत्वको मन्त्रिपरिषदमा भाग पाउने भएको छ । स्रोतका अनुसार, यो गुटबाट सुजाता कोइराला
मन्त्री बन्दैछिन् । उनलाई दिइने जिम्मेवारीबारे भने निर्णय भइनसकेको बताइएको छ ।

कृष्णप्रसाद सिटौला समूहले भीमसेनदास प्रधान र गगन थापामध्ये एकलाई देउवा नेतृत्वको सरकारमा सामेल गराउँदैछ । देउवा
सरकारमा यसअघि पनि सहभागी भइसकेका, काठमाडौंका रैथाने र जनजाति समूहका समेत रहेकाले प्रधानको पल्लाभारी हुने
सम्भावना बढी छ ।

कांग्रेसभित्र प्रकाशमान समूहको उपगुट अस्तित्त्वमा रहे पनि यसले भने यस पटक भाग नपाउने भएको छ । यो खबर पाथिभरा न्युजमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय