शुक्रबार , बैसाख १४, २०८१

राजनिती,

नेकपा (एमाले) विभाजनसँगै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमालेसँग भएको स’म्पत्तिमा पनि भा’गवण्डा खोज्ने तयारी गरेको छ ।

दल विभा’जन हुँदा सम्पत्तिमा लाग्ने हक’दाबीबारे स्पष्ट कानूनी व्यवस्था नभएकाले दल दर्ता गरेर छुट्टिएको माधव नेतृत्वको

नेकपा (एकी’कृत समाज’वादी)ले सम्पत्तिमा का’नूनी दा’बी गर्ने आधार खोज्न थालेको हो ।

काठमाडौं उपत्यकाभित्रै एमालेको बल्खुमा नौ रोपनी दुई आना जग्गा र त्यसमा रहेको भू’कम्पले भत्काएको भवन, पुतलीसडकमा
मनमोहन मजदुर भवनको नाममा जिफन्टको कार्यालय रहेको जग्गा र भवन, ललितपुर च्यासलमा तुलसीलाल स्मृति प्रतिष्ठान भवन
र काठमाडौंको चम्पादेवीमा पुष्पलाल प्रतिष्ठानको नाममा रहेको भवन छ ।

एमालेका जिल्ला कमिटीसँग आफ्नै भवन छन् । औसतमा मूल्यांकन गर्दा पनि अहिले एमालेको भौतिक सम्पत्ति मात्रै कम्तीमा पाँच
अर्बमाथि पुगेको छ भन्ने अनुमान गरिन्छ । पार्टी एकताताका एमालेको खातामा चार करोडभन्दा माथि नगद रहेपनि एकता भंग
भएर एमाले’समेत पुनर्गठित भएपछि एमालेले बैंकमा रहेको अन्तिम मौ’ज्दात निकालिसकेको छैन ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले छुट्टिएर गएको दलले पार्टीको सम्पत्तिमा दाबी गर्न नमिल्ने बताउँछन् ।
देशभरीको सम्पत्ति विवरण र देशभर पार्टी कार्यालयको खाताको विवरण केन्द्रिकृत भइसकेपछि देश–विदेशमा रहेका जोकोहीले
एमालेको सम्पत्ति जान्न पाउने गरी वेबसाइटमा अभिलेखीकरण गर्ने एमालले जनाएको छ ।

नेकपा एकीकृत समा’जवादीले पूर्वपार्टीको सम्पत्तिमा राजनीतिक रूपमा दाबी कायम रहेको, तर कानूनी दाबी गर्ने कि नगर्ने
विषय भने अध्ययनपछि मात्र टुंगो लाग्ने बताएको छ । राजनीतिक दल पूर्णतया वि’घटन भएको खण्डमा सम्पत्ति सरकारको हुन्छ ।
तर, विभाजन भएको ख’ण्डमा के गर्ने ? भन्ने बारेमा ऐन कानूनमा नहुँदा भने यो समूह अन्योलमा छ ।

उसो त यसअघि तत्कालीन नेकपा माओवादी वि’भाजन हुँदा मोहन वैद्यको नेतृत्वमा अलग्गिएको पार्टीले माओवादीसँग रहेको
सम्पत्ति सहमतिको आभारमा भागव’ण्डा लिएको थियो ।

यसपटक माधव नेतृत्वको पार्टीले एमालेसँग अंश लि’नेगरी आन्तरिक छलफल थालेको छ । सो विषयमा का’नूनी अ’स्पष्टता
भएकाले कानूनी जा’नकारहरसँगको छलफलपछि निष्कर्षमा पुग्ने बताइएको छ । न्युज २४ बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय