प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले

राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाउनुभएको छ ।

नेकपा एमाले झापा–काठमाण्डाै सम्पर्क समितिले मङ्गलवार काठमाण्डाैमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा
भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला–कान्ला र भिरबाट हिँडेको बताउनुभएको हो ।

उहाँले निर्वाचन आयोग पनि संविधान र कानुनको राजमार्गमा हिँड्न छाडेको बताउनुभयो । उहाँले अदा’लतमा बसेपछि जे पनि गर्न सकिनेजस्तो
भइरहेको पनि उल्लेख गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको छ । राजमार्गबाट सभामुख हिँड्न मान्दैनन् । बाटाबाट हिँड्न मान्दैनन् । कान्ला–कान्ला, भिर–भिर
कुद्छन् । निर्वाचन आयोग संविधानको, का’नुनको राजमार्ग छ, त्यो राजमार्ग छोडेर भि’त्तातिर ठो’क्किन जान्छ । सम्मानित अदालतको कुरै नगरौँ । त्यहाँ
बसेपछि तजे गर्दा पनि हुन्छ । त्यही भइरहेको छ । हामी ती कुरालाई स्वीकारेर, मानेर लोक’तन्त्रप्रति चि’न्ता गरिरहेका छौँ ।

चिन्ता लोकतन्त्रको भविष्यप्रति गरिरहेका छौँ । किनभने लोकतन्त्रको भविष्य हाम्रो बलि’दानसँग जोडिएको छ ।’अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनले
अलोकता’न्त्रिक अभ्यास गरिरहेको भन्दै आउँदाे चुनावमा वर्तमान सत्तारुढ गठबन्धन भत्किने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सबैभन्दा बढी समाजका
लागि चिन्ता भएको, राजनीतिमा ‘चिन्ता भएको कुरा भनेकाे अलोकतान्त्रिक अभ्यासकाे हाे, याे चिन्ताको विषय हो ।

अहिले सरकारमा को रह्यो, को रहेन, को गयो, जालझेल, षड्यन्त्र गरेर, तिकडम गरेर, स्वार्थका पोकाहरू एक ठाउँ भेला भएर, उद्देश्य नभएका मान्छेहरूको
समूह गयो होला सरकारमा चि’न्ताको विषय होइन । त्यो गठजोड यताउता त के हुन्छ र चुनावमा गएर के को गठजोड चुनावमा गएर सब ठिकठाक भइहाल्छ ।’

उहाँले खेल क्षेत्रलाई महत्त्व दिनुपर्ने तथा प्रोत्साहन गर्नुपर्ने पनि बताउनुभयो । खेलले मानिसलाई चुस्त, दुरुस्त, सक्षम र अनुशासित बनाउने पनि उहाँले उल्लेख
गर्नुभयो । अनुशासित भएर खेल्न सके सफलता प्राप्त गर्न सकिने भन्दै अध्यक्ष ओलीले खेलाडीहरूलाई अनुशासित भएर खेल्न सुझाव दिनुभयो । उज्यालो अनलार्इनबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय