काठमाण्डौ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार

नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताउनुभएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला सङ्घको घोषणा कार्यक्रमलाई
आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन ।

रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।”

अध्यक्ष ओलीले एकदुईवटा पात खस्दैमा रूखलाई फरक नपरे जस्तै पार्टीमा वि भाजन गरी कोही जाँदैमा फरक नपर्ने बताउनुभयो ।
महासागरजस्तो एमाले पार्टीमा पौडी खेल्ने ठाउँ नभएर केही साथीले खाल्डो खनेको बताउँदै उहाँले पार्टीको केही साथीहरु
प्रतिक्रियावादी र विदेशीको चङ्गुलमा परेर पार्टी विभाजन गरेको आ रोप लगाउनुभयो ।

“पार्टीका केही मानिसलाई मैले धेरै सम्झा उन र बुझा उन कोसिस गरेको थिएँ,” उहाँले भन्नुभयो, “एमालेलाई
ध्व स्त पार्छु भनेपछि त्यस्ता मानिसलाई सम्झाएर र बुझाएर सकिँदैन ।”

अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफूवि रुद्ध भएको ष डय न्त्रको एकमुष्ट जवाफ दिने उल्लेख गर्दै देशलाई प छौटेपनबाट आधुनिक
अविकसितबाट विकसित, कृषिको व्यावसा यिकीकरण, उद्योगको आधुनि कीकरण, डिजिटल नेपालको परिकल्पनालाई साकार
पार्ने काम अब एमालेले गर्ने बताउनुभयो ।

कार्यक्रमम एमाले केन्द्रीय सदस्य महेश बस्नेतले पार्टी विभाजन गरी कोही गए पनि फरक नपर्ने बताउ
नुभयो । उज्यालो अनलार्इनबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय