राजनिति,

बागमती प्रदेशका १२ सांसद नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेसंगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ ।

एमाले एक्लैको बहुमत सांसद रहेको बागमती प्रदेशमा १२ सांसदले एमाले छाडेपछि शाक्यको पद धरापमा परेको हो ।

हाल बागमती प्रदेशसभामा ११० सदस्यीय रहेका छन् भने एमाले एक्लैको ५६ सांसद रहेका थिए ।मंगलबार हेटौंडास्थित प्रदेश
निर्वाचनआयोगको कार्यालयमा गई १२ सांसदले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका छन् ।

यता अर्को खबरमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले राजनीतिलाई कुबाटोबाट हिँडा’उन खोजिएको आ’रोप
लगाएका छन् ।नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले स्वार्थहरुका पोका एक

ठाउँ भेला पारेर अहिलेको सरकार गठन गरिएको र राजनीतिलाई पनि कुबाटोबाट हिँडाउन खोजिएको आ’रोप लगाएका हुन् ।

ओलीले अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार र कुबाटोमा गाडी कुदाउने ड्राइभर उस्तै भएको तर्क गरे । त्यस्तै
ओलीले अहिलेका सभामुख राजमार्गबाट हिँड्न नमानेको जिकिर गर्दै निर्वाचन आयोगले पनि सडक छाड्न खोजेको बताए ।

उनले पछिल्लो समय अ’दालतले बाटो बिराउदै गएको उल्लेख गरे । उनले गठबन्धनको गठजोड चुनावमा गएपछि देखिने बताए ।
अहिले मुलुकमा अलोकता’न्त्रिक जस्तो अभ्यास भइरहेकाले चिन्ताका विषय भएको उनको भनाइ छ ।कार्यक्रममा ‘सी’ डिभिजन
छनौट खेल्न आएका झापाका फुटबल टिमलाई आर्थिक सहयोग गरिएको थियो । न्युज २४ बाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय