कहिले एमालेमै छु भन्ने त कहिले माधव नेपाल तिर लाग्छु भन्दै अनेक कुरा गर्दै आएका बामदेव गौतम अर्को फसा’दमा फसेका छन् ।

परामादेश बाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले ल्याएको अध्यादेश बाट माधव नेपालले एमाले फुटा’ए ।

अन्तिम सम्म पनि बामदेव गौतमले कता लाग्ने भनेर निधो गर्न सकेनन अहिले उनको त्यहि दोधारे पारले उनैलाई ठूलो फसाद पारेको छ ।

माधव नेपालले निर्वान आयोगमा एकिकृत समाजवादी पार्टी दर्ताका लागी निवेदन दिने दिन नपठाएर गौतमले हिजो सनाखत गर्ने दिन
श्रीमती तुलसा थापालाई माधवको पक्षमा उभिन निर्वाचन आयोगमा पठाए तर निर्वाचन अयोगले बामदेव पत्नी तुलसा सहितका ४
जना सांसदलाई सनाखत गर्न मिल्दैन भनेर खाली हात फर्काइदियो ।

माधव नेपालको पार्टीमा सनाखत गर्न नपाएका बामदेव पत्नी तुलसा थापा सहितको सांसदको विचल्ली भएको छ । सनाखत गरेको
भए उनीहरुको पद जोगिन्थ्यो अब उनीहरु नत एमाले नत समाजवादीको अवस्थामा पुगेका छन् ।

समाजवादी पार्टीमा जाँदा अब उनीहरुले पार्टी प्रवेश गरेर जानु पर्ने हुन्छ त्यसो गर्दा भएको सांसद पद जाने छ एमालेमै बस्दा पनि
अब उनीहरुलाई एमालेले कारबाही गर्न सक्नेछ । माधव नेपालको पार्टीमै जान्छु भनेर सनाखतनै गर्न गएका उनीहरुलाई एमालले
माफी दिएर राख्ने सम्भावान देखीँदैन । बेलामा निर्णय गर्न नसक्दाको दुख उनीहरुले पाउँने निश्चित भएको छ ।

नेकपा एमालेमा विभाजन हुँदा चार जना सांसदको पद धरापमा परेको छ । मूल पार्टी एमाले छाडेर माधव नेपालतिर लागेका
चारजना सांसदलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि मान्यता नदिएपछि उनीहरुको पद धरापमा परेको हो ।

माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरी बसेका संघीय सांसदहरु
सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ८ गते एकीकृत समाजवादीमै सनाखत गर्न पाउँ भन्दै
निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले उनीहरुको निवेदन अस्वीकार गरेको छ ।

शुरुमा नेपाल समूहमा नलागी पछि निवेदन दिएका चार सांसदमध्ये पाण्डे प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद हुन् भने ज्ञवाली
र थापा समानुपातिक सांसद हुन् । भट्ट राष्ट्रियसभा सदस्य हुन् ।

आयोगले पछि परेको निवेदनमा सनाखत नगर्ने भनेपछि बुधबार यसबारे आयोगका पदाधिकारी र एकीकृत समाजवादी पार्टीका
नेताहरुबीच केहीबेर गर्मागर्मी बहस भएको थियो । अन्ततः आयोगले उनीहरुलाई सनाखतमा सहभागी नगर्ने निर्णय सुनायो ।

निर्वाचन आयोगले सनाखतमा मान्यता नदिएपछि अब उनीहरुले सांसद पद जोगाउन केपी ओली नेतृत्वको एमालेमै बस्नुपर्ने भएको छ । उनीहरु अब माधव नेपालको पार्टीमा गएको खण्डमा सांसद पद गुम्ने निश्चित छ ।

आयोगका एक पदाधिकारीले भने, ‘अब उहाँहरुलाई एमालेले कारवाही गरेन र मूल पार्टीमै रहनुभयो भने पद जाँदैन, नयाँ पार्टीमा
लाग्ने हो भने सांसद पद गुम्छ ।तर, नेकपा एमालेले भने विहीबार बस्ने केन्द्रीय कमिटीको बैठकबाट यी चारजना सांसदसहित माधव
नेपालको पक्षमा लागेका सबै सांसदहरुलाई प्रक्रिया पुर्याएर कारवाही गर्ने एमालेका एक नेताले जानकारी दिए ।

नयाँ दलले मान्यता पाएका कारण माधव नेपालको पक्षमा सुरुमै लागेका ३० सांसदको भने पद जोगिएको छ । एमालेले का’रवाही
गरेका भनिएका माधव नेपालसहित १४ सांसदलाई समेत आयोगले मान्यता दिएकाले उनीहरुको समेत सांसद पद जोगिएको छ ।
तर, ढिलो गरी नेपाल पक्षमा खुलेका चारजनाले भने सांसद पद नै गुमाउनुपर्ने अवस्था आएको छ ।

निर्वाचन आयोगले नेपाल पक्षका थप तीनजना केन्द्रीय सदस्यहरुको पनि सनाखत गर्न नमानेको नेपाल पक्षका एक नेताले बताए ।
केन्द्रीय सदस्यहरु रामप्रित पासवान, विक्रम शाही र राजन राईलाई आयोगले सनाखत नगरेको हो । तर, उनीहरुलाई एकीकृत
समाजवादी पार्टीमा पछि मनोनयन गर्न सकिने ढोका भने खुल्लै छ ।

उता, सनाखत नभएका सांसद सोमप्रसाद पाण्डेय पनि केन्द्रीय सदस्य रहेकाले उनको सांसद पद गुम्यो भने पनि पार्टीको केन्द्रीय कमिटीमा
मनोनयन हुन सक्ने ठाउँ सुरक्षित छ ।सबै केन्द्रीय कमिटीका सदस्यहरु र सांसदलाई आयोगले मान्यता दिएको भए प्रतिशत अरु बढ्ने र
सांसदमा पनि २० प्रतिशत कट्ने भन्दै नेपाल समूहका केही नेताहरुले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

उता, मूल पार्टी नेकपा एमालेले भने माधव नेपालसहितका १४ सांसदलाई समेत सनाखत नगर्न आयोगलाई दबाव दिएको थियो ।
यो खबर अोटिभि नेपालबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय