मुलुकको सार्वजनिक ऋण बढेर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो बन्न पुगेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा यस्तो सार्वजनिक ऋण बढेर १७ खर्ब
२८ अर्ब २५ करोड पुगेको हो । जबकि हालको मुलुकको बजेटको आकार जम्मा साढे १४ खर्ब बराबरको मात्र हो ।

बैङ्कका अनुसार पछिल्लो तीन वर्षमा मुलुकको सार्वजनिक ऋण झण्डै ६५ प्रतिशतले नै वृद्धि भएको छ ।

गत आर्थिक वर्ष २०७५/७६मा मुलुकको सार्वजनिक ऋण जम्मा १० खर्ब ४७ अर्ब ५८ करोड मात्र रहेकोमा त्यसको ठिक तीन वर्षपछि
आर्थिक वर्ष २०७७/७८ माऋण बढेर १७ खर्ब २८ अर्ब २५ करोड पुगेको बैङ्कले जनाएको छ । जुन राष्ट्रिय आय (कुल गार्हस्थ्य
उत्पादन) को अधिकतम ४०.५ प्रतिशत हो ।

जसमध्ये, २१.८ प्रतिशत अर्थात् ९ खर्ब २७ अर्ब ९३ करोड बाह्य अर्थात् वैदेशिक ऋण रहेको र बाँकी १८.८ प्रतिशत अर्थात् ८
खर्ब ३२ करोड आन्तरिक ऋण रहेको बैङ्कले जनाएको छ ।

एक नेपालीको थाप्लोमा साढे५७​हजार ऋण
सार्वजनिक ऋणको भार र कुल नेपालीहरूको सङ्ख्यालाई तुलना गरेर हेर्ने हो भने एक नेपालीको भागमा साढे ५७ हजार रुपैयाँ पर्ने
देखिन्छ । कुल १७ खर्ब २८ अर्ब २५ करोडलाई तीन करोड नेपालीको सङ्ख्या मानेर भाग गर्दा एक नेपालीको भागमा ५७ हजार
६०८ रुपैयाँ पर्ने देखिन्छ । यद्यपि आधार जनसङ्ख्या भने तलमाथि हुन सक्छ । हिमाली पत्रीकाबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय