नेपाली राजनीति

एमाले विभाजन पुगेका माधव कुमार नेपाल पार्टी निर्वाचन आयोग पुगेका छन् ।

एमाले समाजवादी गठनका नेपाल पक्षका नेता राजेन्द्र पाण्डे लगायत आयोग पुगेर निवेदन दिइसकेपछि नेपाल पनि आयोग पुगेका हुन् ।

नेपालसँगै राजेन्द्र पाण्डे, रामकुमार झाँक्री, मेटमणि चौधरीलगायतका नेताहरू आयोग पुगेका छन् ।

सरकारले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएसँगै एमाले फुटेको हो ।

एमाले विभाजनको असर बागमतीमा, अष्टलक्ष्मीलाई मुख्यमन्त्रीको अफर !

नेकपा एमाले संस्थापनले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्नेगरी छलफल अघि बढाएको छ । पार्टी विभाजनको अध्याय सुरु भएसँगै प्रदेश सरकारमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले एमाले संस्थापनले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्नका लागि छलफल चलाएको हो ।

त्यसका लागि वर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएर नयाँ मुख्यमन्त्री नेतृ अष्टलक्ष्मी शाक्यलाई बनाउने गरी छलफल भएको नेताहरुले बताएका छन् ।

यद्यपि मुख्यमन्त्री बन्ने अफरबारे शाक्यको आधिकारिक धारणा बाहिर आइसकेको छैन । शाक्यलाई एमालेको माधव कुमार नेपाल पक्षकी हुन् भने उनले यो प्रस्ताव स्वीकार नगरे योजना असफल हुने ठाउँ छ । रातोपाटीले शाक्यलाई सम्पर्कको प्रयास गर्दा उनी सम्पर्कमा आइनन् ।

तर, मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको बागमती प्रदेश एमाले संसदीय दलको बैठकमा पौडेलले आफूले राजीनामा दिनेबारे जानकारी एमाले सांसद रचना खड्काले बताइन् । पौडेलले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई सर्वसम्मत चयन गर्ने र शाक्यकै नेतृत्वमा सरकार गठन हुने बताएको उनको भनाइ छ ।

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई झापामा रहेको र हेटौंडा आउँदै गरेको जानकारी दिँदै प्रदेश प्रमुख आइपुगे लगत्तै मुख्यमन्त्रीले राजीनामा दिने उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय