मंगलबार , बैसाख १८, २०८१

काठमाडौ ।

सुन्दा अनौठो लाग्छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र बिशेष अदालतले दुई बर्षसम्म पनि नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको घर पत्ता लगाउन नसकेको स्पष्टिकरण दिँदै आएको छ ।

दुई बर्षसम्मपनि उनको ठेगाना फेला पार्न नसकेको तथ्य फेला बाहिर आएको हो ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार अभियोग लागेका प्रतिवादी गच्छदारको ठेगाना दुई वर्षदेखि पत्ता लाग्न नसकेको आयोग र अदालतको भनाईबाट प्रष्ट तपाई हामी कोही कम्फ्यूज हुने अवस्था हो र यहाँ अख्तियार र अदालतमा सेटिङ छैन ।

तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री गच्छदारले भूमि व्यवस्था मन्त्रालयको क्षेत्राधिकार मिची सरकारी र सार्वजनिक जग्गामा मोही कायम गराउने गैरकानूनी प्रस्ताव मन्त्रिपरिषदमा लगेर भ्रष्टाचार गरेको आरोप रहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँमाथि ९ करोड ६५ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोप पत्र दर्ता गरेको छ ।

२०७६ भदौ २२ गते कुल १ सय ७५ जनालाई प्रतिवादी बनाएर आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको भए पनि हालसम्म गच्छदार विशेष अदालतमा हाजिर भएका छैनन् ।

आयोगले अभियोग पत्र दर्ता गरेपछि बिशेष अदालतले कुल १ सय ७५ जना प्रतिवादीलाई सोही बेला म्याद तामेलीका लागि पत्राचार गरेको थियो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले मुद्दा दर्ता भएलगत्तै प्रतिवादी गच्छदारको म्याद तामेलीका लागि उनको गृहजिल्ला सुनसरीस्थित जिल्ला अदालतलाई पत्राचार गरेको जानकारी दिए ।

इमेलमार्फत २०७६ फागुन २० गते पहिलो पटक म्याद तामेलीका लागि पत्र बुझेको सुनसरी जिल्ला अदालतले म्याद तामेली गरिएको अर्को पत्र एक वर्षपछि २०७७ फागुन २३ गते मात्र विशेष अदालतमा तामेली गरिएको पत्र पठाएको थियो ।

सुनसरी जिल्ला अदालतले पत्र पाएको एक वर्षसम्म पनि म्याद तामेली गर्ने प्रयत्न गरेन । कोरोना महामारी र निषेधाज्ञाको बहाना बनाउँदै म्याद तामेली गर्न अनिच्छुक देखिएको सुनसरी जिल्ला अदालतले गच्छदारको घर तथा ठेगाना पत्ता लगाउन नसकेको भन्दै दुहबी नगरपालिकाको वडा नम्बर २ स्थित वडा कार्यालयमा सूचना टाँस गरेर आएको थियो ।

जिल्ला अदालत सूचना टाँस गर्न वडा कार्यालय पुगे पनि वडा कार्यालयले भने सूचना टाँस गरिएको पत्रमा छाप लगाउन नमानेको अदालतकै भनाईबाट प्रष्ट हुन्छ ।

‘निज प्रतिवादी विजयकुमार गच्छदार तथा निजका समेत एकै सगोलका परिवार एक वर्षदेखि काठमाडौंमा बसोबास गर्नुहुन्छ भनेर सुनसरीको दुहबी नगरपालिका वडा नम्बर २ को वडा कार्यालयमा म्याद टाँस गरियो,’ जिल्ला अदालतले विशेष अदालतलाई पठाएको तामेली पत्रको जवाफमा भनिएको छ, ‘वडा कार्यालयमा सूचना टाँस गरिए पनि उक्त तामेली पत्रमा भने वडा कार्यालयले छाप लगाउन इन्कार गर्यो ।’

यो देख्दा खेल के हो भनेर सर्वसाधारणले समेत सजिलै पत्ता लगाउँन सक्छन् ।

सुनसरी जिल्ला अदालतको उक्त पत्र विशेष अदालतमा आएपछि केही समय विशेष अदालतले कुर्यो । एक महिनासम्म गच्छदार अदालतमा उपस्थित हुने भनेर कुरेको थियो ।

तर, गच्छदार अदालतमा उपस्थित हुन नआएपछि म्याद तामेली गरिएको पत्र अनुसार निज प्रतिवादी फेला नपरेको भनेर बेपत्ते म्याद बदर गरी अर्को वतन पत्ता लगाउन आदेश गर्यो ।

२०७७ चैत्र २७ गते विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की र अर्का न्यायाधीश बालेन्द्र रुपाखेतीको संयुक्त इजलासले उक्त बेपत्ते म्याद बदर गरेको थियो ।

अहिलेसम्म अर्को वतन पत्ता लगाउने काम समेत भएको छैन । गच्छदार खुलेआम हिँडिरहेका छन् ।

यो देशको उप्रधानमन्त्री भइसकेको व्यक्तिको घर पत्ता लगाउँदैन । तर सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी गर्नेको भने पानी मूनि ठेगाना भएपनि पत्ता लगाउँछ । यही चरित्रका कारण यो देशको भ्रष्ट्राचार न्युनिकरण भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय