शुक्रबार , बैसाख १४, २०८१

 

 

 

काठमाडौं

२४ असार –

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले हिजो भएको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता सकारात्मक भएको स्पष्ट पारेका छन् ।

उनले वार्ताको प्रक्रिया जारी नै रहेको भन्दै छिट्टै सहमति हुने विश्वास दिलाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

 

 

 

 

 

उनले पार्टीमा माधव नेपाललाई अध्यक्ष बनाउनुपर्छ भनेर आफूहरुले प्रस्ताव तयार नपारेको पनि स्पष्ट पारे । पार्टीभित्रका सबै विवाद सहमतिमार्फत नै टुँगो लगाउने उनको भनाई छ ।

उनले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच लामो समयपछि हिजो भेट गरेकोले परीणाम निस्किनको लागि समय लाग्ने बताए । आज बस्ने कार्यदलको बैठकमार्फत साझा प्रस्ताव अघि ल्याउने पनि उनले जानकारी दिए ।

आफूहरु अहिले पार्टीभित्रको विवाद मिलाउनेतर्फ नै प्रयास गरेको उनले जनाए । उनले आफूहरुले कुनै स्वार्थको आधारमा विवाद मिलाउनको लागि गरिएको प्रयत्न नभएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर लोकतन्त्रको पक्षमा क्रियाशिल हुनको लागि गरिएको प्रयास भएको बताए ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता हुने वा नहुने भन्नेबारे रावलले भने-“यो हस्ताक्षर त हामीले आन्दोलनको रुपमा गरेको हो ।

 

 

 

 

 

अदालतमा यो मुद्दामा सुनुवाई सकिएको छ ।उनले पार्टीको विवाद समाधान भएपछि आफूहरु एकमत भएर अघि बढ्ने बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर पनि स्वतः फिर्ता हुने घोषणा गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय