Nepali Rajneeti

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बसिरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा विविध बिषयमा छलफल भइरहेको छ।

आजको बैठकमा शिक्षा तथा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठबारे प्रश्न उठेको छ।

नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्षसमेत रहेका पूर्वमन्त्री जगत विश्वकर्माले बहालवाला शिक्षामन्त्री श्रेष्ठको राजीनामा माग गरेका छन्।

छुवाछुतको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई छुटाउन गएको भन्दै मन्त्री श्रेष्ठले राजीनामा दिनु पर्ने माग विश्वकर्माले गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई यसअघि सचेत गराए पनि आजको बैठकमा पनि यो विषयले प्रवेश पाएको छ।

आरोपीलाई छुटाउन गएको भन्दै श्रेष्ठको चौतर्फी आलोचना भइरहेको छ।

एमाले बैठकमा शिक्षामन्त्री श्रेष्ठको राजीनामा माग

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय