सुर्खेत ।

जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि यौ’न दु’र्व्य’वहा’र गरेको आरोप अभियोग लागेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

बुधबार न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले राउटे युवतीलाई यौ’न दु’र्व्य’व’हा’र गरेको अभियोगमा प’क्रा’उ परेका गुर्भाकोट नगरपालिका–९ का दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारा’गार चलान गर्ने आदेश दिएको हो ।

अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलका अनुसार उनीहरुविरु’द्ध मानव ओसारपसार, यौ’न दु’र्व्य’व’हा’र र जबरजस्ती क’र’णी’को मु’द्दा दर्ता भएको थियो । गत जेठ २१ गते राति उनीहरुले १९ र २३ वर्षीया राउटे युवतीलाई यौ’न दु’र्व्यव’हार गरेको भिडियो बाहिरिएपछि २३ गते प्रहरीले प’क्रा’उ गरेको थियो ।

फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय यसअघि सुर्खेत र दैलेखका विभिन्न स्थानमा बस्दै आएका थिए । यो घटना हुँदा उनीहरू गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका थिए । अहिले उनीहरू त्यो ठाउँबाट सल्यान बसाइँ सरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय