Nepali Rajneeti

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थका लागि जस्तोसुकै सहमति पनि गर्ने बताएका छन्।

प्रधानमन्त्री ओली विचित्रको मानिस भएको प्रचण्डको टिप्पणी छ।

‘ओली बडो विचित्रको मान्छे हो। व्यक्तिगत स्वार्थका लागि जस्तोसुकै सहमति गर्छन्,’ वुद्धिजीविहरूसँग आज संघीय संसद भवनमा विपक्षी गठबन्धनले गरेको अन्तरक्रियामा प्रचण्डले भने, ‘जरूरी परेमा माधवजीको खुट्टा ढोग्न सक्छन्।

सबै भयो जेपनि गर्छु भन्ने तर केही नगर्ने स्वभाव छ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको पनि प्रचण्डको भनाइ छ। अर्बौं लुट्ने काम भइरहेको प्रचण्डले आरोप लगाएका छन्।

प्रधानमन्त्री ओली गणतन्त्रप्रति पनि इमान्दार नभएको उनको आरोप छ। ओलीसँग ३ वर्ष संगत गरेर दु:ख पाएको प्रचण्डको भनाइ थियो।

‘ज्ञान प्राप्त गरेर आएको छु,’ उनले भने, ‘ओलीसँग तीन वर्ष संगत गरेर दुःख पाएँ।’ उनले प्रतिनिधि सभा पुनर्स्थापनाले मात्रै अहिलेको समस्या समाधान हुने बताए।

कोरोना महामारी नभएको भए लाखौं मानिस सडकमा उत्रने उनको भनाइ थियो। उनले नयाँ सरकार बनेपछि कोरोनाविरूद्ध जनतालाई खोप लगाउने कार्यक्रम प्राथमिकतामा रहने बताएका छन्।

ओलीले सेटिङ छ भन्दै हार स्वीकार गरेको दाबी पनि प्रचण्डको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय