बुधबार , भाद्र १, २०७९

काठमाडौं ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्री बन्नको लागि अफर आएको खुलासा गरेका छन् ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालतमा रिट दिएका नेता नेपाललाई देउवा धोका दिएर आए आफूलाई प्रधानमन्त्री बनाईने अफर प्रधानमन्त्री केपी शर्मा ओलीका मान्छेले गरेको उनको भनाई थियो ।

आज (शनिबार) संसद् भवनमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

तर, नेपालले आफू गठबन्धनमा रहेकोले यसबाट ब्याक नहुने पनि अडान सुनाए ।

उनले भने-“माधव नेपाललाई प्रधानमन्त्रीको अफर आईसक्यो, तर म गठबन्धनलाई धोका दिने मान्छे होईन् । संसद् पूनःस्थापना हुन्छ । हामी अदालतमा दिएको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता लिँदैनौं ।”

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले प्रधानमन्त्री ओलीको पटक–पटकको धोका र चालबाजीले आफूहरू दिक्क भएको पनि सुनाए ।

र, बाध्य भएर ओलीको धोका र चालबाजीको विरुद्धमा विद्रोहमा उत्रिएको उनको स्पष्टोक्ति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय