
काठमाडौं । अमेरिकाको वासिङ्टन डिसीमा अचानक आएको बाढीले जनजीवन प्रभावित पारेको छ ।
एक्कासी आएको बाढीले सहर डुवानमा परेपछि आवतजावत गरिरहेकाहरु जोखिममा परेका थिए ।
ठूलो वर्षासहित आएको बाढीले कतिपय ठाउँमा सडक अबरुद्ध भएको थियो भने चालक बीच बाटोमै फसेका थिए ।
कतिपय भूमिगत रेलमार्गमा खतरनाक डुवानको स्थिति देखिएको थियो ।
अन्डरपास गर्ने मार्गहरुमा २ मिटरसम्म पानी जमेपछि केही चालकलाई उद्धार गरेर बाहिर निकालिएको अधिकारीहरुले जनाएका छन् ।
बाढीका कारण राष्ट्रपति कार्यालय ह्वाइट हाउससमेत प्रभावित बनेको थियो । नेसनल आर्काइभ्स भवनमा पानी परेपछि बिजुली आपूर्ति अवरुद्ध भएको थियो ।
तर त्यहाँ राखिएका ऐतिहासिक अभिलेखहरु भने सुरक्षित रहेको बताइएको छ ।
मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ । प्रहरीले मानिसलाई बाढी पसेका सडकमा नआउन सचेत गराएको छ ।(एजेन्सी)
Source : Imagekhabar.com