बुधबार , बैसाख १९, २०८१

एजेन्सी

जेठ

हङकङका जनताले कोविड-१९ विरुद्ध खोप लगाउन उदासिन देखाएपछि सरकार चिन्तित बनेको छ। कतिपय देशमा खोप नपाएर हाहाकार मच्चिरहेको बेला हङकङमा भने फालाफाल अवस्थामा रहेको छ।
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

कोरोनाविरुद्ध खोप लगाएर आफू, परिवार र समुदायलाई सुरक्षित पार्न सरकारले बारम्बार आग्रह गर्दै आएको छ। तर अपेक्षित रुपमा खोप लिनेको संख्या बढेन। सरकारले खोप लिन प्रोत्साहित गर्न विभिन्न योजनाहरु अघि सारेको छ।

तिमध्ये सरकारले निजी क्षेत्रसंग सहकार्य गरेर १०.८ मिलियन पर्ने आकर्षक अपार्टमेन्ट लक्की ड्रमा प्रदान गर्ने घोषणा गरेको छ।
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

खोपको दोश्रो डोज लिइसकेका १८ वर्ष माथिका सबै स्थायी नागरिकले लक्की ड्रमा सहभागी हुन पाउंने छन्। एक जना विजेताले १०.८ मिलियन पर्ने अपार्टमेन्ट प्राप्त गर्ने छन्।

यसबाहेक लाखौं डलरका अन्य लक्की ड्रहरुसमेत समावेश गरिएका छन्। लक्की ड्रमा सहभागीको लागि नाम दर्ता गर्ने अन्तिम मिति सेप्टेम्बर १ र ८ तारिख नतिजा प्रकाशित गरिने जनाएको छ*
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय