मंगलबार , बैसाख १८, २०८१

काठमाडौं ।

नायिका झरना थापा चलचित्रको निर्देशक भैसकेकी छिन् । झरना अहिले अरुले भनेको ‘एक्सन कट’मा अभिनय भन्दा पनि आफूले ‘एक्सन कट’ भन्न थालेकी छिन् । उनै, नायिकाको सुन्दरताको चर्चा भने नेपाली चलचित्र वृत्तमा सधै हुन्छ ।

झरना, झन् झन् स्लिम हुँदै गएकी छिन् । झरनामा देखिएको बदलावलाई लिएर धेरैले उनलाई प्रश्न पनि गर्ने गरेका छन् । अमेरिकाबाट फर्किएपछि तपाई झनै ‘योङ’ देखिनु भएको छ, अमेरिकामा कतै केही औषधी त प्रयोग गर्नुभएन ? मिडिया र दर्शकले उनलाई प्रश्न सोझाउन थालेका छन् ।

तर, झरना नियमित योगा, आनन्द र खानेकुरामा ध्यान दिएर आफूले फिगर मेन्टेन गर्न सकेको बताउँछिन् । झरनाको सुन्दरता र फिगरको चर्चा नेपाली चलचित्र वृत्तमा सधै हुने गरेको पाइन्छ । नायिका झरना थापा छोरी सुहाना थापाको करिअरलाई लिएर चिन्तित र उत्साहित दुबै छिन् ।

अमेरिकामा पढिरहेकी छोरी सुहानालाई उनले आफ्नै निर्देशनमा तयार भैरहेको चलचित्र ‘ए मेरो हजुर ३’बाट डेब्यू गराउँदैछिन् । झरना थापाका अनुसार, छोरीको डेब्यू चलचित्र भएकाले उनी पहिले भन्दा अझै गम्भिर छिन् ।

यसपटक, सुहानालाई नेपाली चलचित्रका चल्तीका नायक अनमोल केसीले साथ दिएका छन् । अनमोल केसी र सुहानाको जोडी चलचित्रमा जोडिएसँगै चर्चा समेत पाइरहेको छ ।

झरना आफ्नी छोरीलाई ‘गुडियारानी’ भन्न रुचाउँछिन् । चलचित्रको छायांकन सकेर अहिले उनी अमेरिका पुगेकी छिन् । अमेरिकामा छोरी सुहानाका चुलबुले तस्बिर पोष्ट गर्दै झरनाले उनलाई ‘गुडियारानी’को उपमा दिएकी हुन् ।

सुहाना अभिनित यो चलचित्र चैत्र २९ गतेबाट रिलिज हुँदैछ । अभिनेत्री झरणा थापाले चलचित्रमा अभिनय गर्नुभन्दा चलचित्र निमार्ण गर्न गाह्रो रहेको बताएकी छन्।

चलचित्र पत्रकार संघ दाङले आइतबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभिनेत्री तथा निर्देशक थापाले अभिनय भन्दा चलचित्र निर्मांण गर्न जटिल रहेको अनुभूती साटेकी हुन्।

‘शारिरीक मेहनत बढी परेतापनि अभियन अरुको निर्देशनमा गरिन्छ, तर, चलचित्र निर्माण गर्दा बढी मानसिक तनाव हुँदो रैहेछ।’ नायिका थापाले भनिन्। तर उनले आफूलाई अभिनय र निर्देशक दुबै रुपमा दर्शकले माया गरेको बताइन्।

‘आफु चलचित्रमा नायिका भएर अभिनय गर्दा दर्शकले जसरी मन पराएर अत्यधिक साथ दिएका थिए त्यसैगरी नै निर्देशनका रुपमा पनि दिए।’ थापाले भनिन् ।

उनले चलचित्र ’ए मेरो हजुर २’ सफल हुनुको कारण दर्शककै मायाले भएको बताइन्। यो चलचित्रमा आफुले अत्यन्तै मिहेनत गरेको अनुभूती पनि उनले साटेकी थिइन्।

चलचित्र रिलिज हुनुपुर्व पहिलाको आफ्नो स्टारडम फेरी आउने हो कि हैन? भन्ने चिन्ता लागेको भएपनि चलचित्र रिलिज भएपछि प्राप्त सफलताले आफूलाई दर्शकले निर्देशकका रुपमा रुचाएको प्रमाणित भएको उनले दावी गरिन् ।

यसैबीच अभिनेत्री थापाले चलचित्र ’ए मेरो हजुर २’ हिट भएको हुँदा पुनः उक्त चलचित्रको सिक्वेलको रुपमा ’ए मेरो हजुर ३’ बनाउने उद्घोष समेत गरेकी छन्। केटिएम दैनिकवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय