आइतबार , बैसाख २३, २०८१

काठमाडौं ।

मा’थिको तस्वीर प्रदेश नम्बर २ को राजधानी जनकपुरधामको हो ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर- १० मा को’रोना संक्र’मणपछि बेहोश भएका एक कोरोना संक्रमितलाई चार जनाले बेडशीटमा राखेर एम्बुलेन्सतर्फ लैजाँदैछन् ।उक्त कामको अगुवाइ जनकपुरकै युवा राकेशविक्रम साहले गरेका थिए ।साहका अनुसार हि’जो जेठ ३ गते जनकपुरका ख्याति प्राप्त वरिष्ठ साहित्यकार डा. रेवती रमण लालले आफ्नो छोराका लागि एम्बुलेन्स व्यवस्था गरिदिन भन्दै हारगुहार गरेका थिए ।आफूले सकेसम्म चिनेजानेको ए’म्बुलेन्सलाई ला’लले फोन गरेका थिए, तर कुनै पनि एम्बुलेन्स आउन नमानेपछि कोभिड संकट व्यवस्थापनका लागि स्वत:स्फुर्त रूपमा परिचालन भएका साहलाई लालले फोन गरेका थिए।

लालको फोन आएपछि सा’हले पनि धेरैजसो एम्बुलेन्स चालकलाई फोन गरेका थिए तर एउटा मात्र एम्बुलेन्स खाली रहेको जानकारी पाए। त्यसपछि उनी त्यो एम्बुलेन्स लिएर लालको घर पुगे ।उनका छोरा संक्रमित भएर श्वास लिन स’मस्या भएको अवस्थामा बेहोश थिए । एम्बुलेन्स पुगेपछि घरबाट संक्रमितलाई एम्बुलेन्ससम्म पुर्‍याउने कोही व्यक्ति भेटिएनन् ।‘लाल सर आफैं ८० वर्षभन्दा बढी उमेरको हुनुहुन्छ, उहाँले आ’फ्नो छो’रालाई उठाएर ल्याउन सम्भव थिएन,’ युवा राकेशविक्रम साहले लोकान्तरसँग भने, ‘त्यसपछि उहाँको बुहारी पनि बि’रामी भएका का’रण एम्बुलेन्ससम्म बोकेर ल्याउनका लागि कोही पनि तयार भएनन् ।’

कोरोना संक्रमित भएका कारण छिमेकमा रहेका कुनै पनि मानिस बिरामीलाई बोकेर एम्बुलेन्समा पुर्‍याइदिन तयार भएनन् ।‘एम्बुलेन्स चालकले एम्बुलेन्स लगेर एम्बुलेन्सको ढोका खोल्ने र लगाउने मात्र काम गर्छन्, बिरामीलाई बोकेर एम्बुलेन्समा राख्दैनन्,’ साहले थपे, ‘त्यसपछि मैले आफ्नो टीममा रहेका साथी जितेन्द्र साहलाई चार जोडी ग्लो’भ्स मगाउन पठाएँ।’

ग्लोभ्स लिएर आएपछि बि’रामी सु’तेको बेडशीट (तन्ना)को दुई कुना मात्र उठाएर एम्बुलेन्ससम्म राख्न त्यहाँका स्था’नीयलाई आग्रह गरेको र स्थानीय दुई जनासँग मिलेर आफूहरूले एम्बुलेन्समा चढाएको साहले बताए ।‘ए’म्बुलेन्स प्रादेशिक अस्पताल जनकपुर पुगेपछि एम्बुलेन्सबाट अस्पतालको शय्यासम्म पुर्‍याउन त्यहाँ कुनै पनि स्वास्थ्यकर्मी तयार नभएपछि फेरि हामीले नै जसोतासो बिरामीलाई अस्पतालको बेडसम्म पुर्‍याएका थियौं,’ साहले लोकान्तरसँग भने ।

साहले बिरामीलाई बोकेर एम्बुलेन्समा चढाएको फोटो सामाजिक सञ्जालमा कसैले पोस्ट गरेपछि उनको चौतर्फी प्रशंसा भएको छ।साह नेपाली कांग्रेसको तरुण दलका नेता समेत हुन् ।त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा रहेको नेपाल विद्यार्थी संघ र तरुण दल सहितका २५ जना युवा मिलेर आफैं क्विक रेस्पोन्स टीम गठन गरेका छन् ।

उक्त टीमले संक्रमित भएर घरमा होम आइसोलेसनमा बसेका बिरामीहरूलाई चिकित्सकसहित लगेर घरमा उपचार गराउने, विभिन्न ठाउँबाट अक्सिजन सिलिन्डर खोजेर संक्रमित बिरामीलाई घरमा नै सिलिन्डर पुर्‍याइदिने, स्वास्थ्यकर्मीसहितको टोली लगेर सिलिन्डर जडान गर्न लगाउने जस्तो काम अहिलेको महामारीमा गर्दै आएको साह बताउँछन् । मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय